बङ्गलाचुली गाउँपालिकामा दलितहरुको मुद्दामा माओवादी अगाडि : सुशील परियार ,अध्यक्ष ,वाईसीएल बङ्गलाचुली - पिटि अनलाईन न्यूज
Breaking News
बङ्गलाचुली गाउँपालिकामा दलितहरुको मुद्दामा माओवादी अगाडि : सुशील परियार ,अध्यक्ष ,वाईसीएल बङ्गलाचुली
पिटि अनलाईन न्यूज
२३ माघ, २०७८ १३:०५
184 Views
सुबिन राज सेर्पाली, दाङ।
समृद्धि युट्युब च्यानल र पिटि अनलाइन पत्रीकाको खोज कार्यक्रम अन्तर्गत गरिएको घोराहीमा अन्तरबार्तामा बङ्गलाचुली गाउँ पालिका वाइसीएल अध्यक्ष सुशील परियारले दलित,सुकुम्बासी ,भुमिहिन समुदायको लागि माओवादी पार्टिले जस्तो अरु पार्टिले मुद्दा नउठाएको ठोकुवा गर्नुभएको हो।
सबैभन्दा जातीय छुवाछूत र मानवता बिच हुने विभेद विरुद्ध दस बर्षे जनयुद्धले धेरै साम्राज्यवादी,सामन्ती सोच र चिन्तनमा ग्रसित ब् हरुलाई प्रकास्ट गरिएको हो सबै नेपालिले बुझ्न जरुरी छ।
नेकपा एमाले ,नेपाली काङ्ग्रेस लगायतका पार्टी हरुले जति दलितका कुरा गरेपनि माओवादी बाहेक अरु पार्टीका मुद्दा नभएको ठोकुवा गर्नुभएको हो।
अर्को प्रश्नमा MCC नेपालको राष्ट्रिय राजनितिमा बहसको बिषयमा नेकपा माओवादी केन्द्र बाहेका दलहरु MCC पास गर्न तयार छन माओवादीकै कारण MCC रोकिएको हो जनताले बुझ्न र बुझाउन आम माओवादी कार्यकर्ता लाग्नुपर्छ ।
अन्तरबार्ताको क्रममा देशको स्वाधिनताको लागि माओवादी पार्टी कहिलै नचुक्न नेतृत्व लाई दबाब सृजना गर्न आम कार्यकर्ता दत्तचित्त भएर लाग्न समेत आग्रह गर्नुभएको छ।