पिटि अनलाईन संवाददाता,रोल्पा।
रोल्पामा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकि छिन् । जिल्लाको सुनछहरी गाउँपालिका–६ झिरबाङकी बस्ने बर्ष ४१ कि मिना पुन मगरलले ४५ वर्षीय आफ्नै श्रीमान काले पुन मगरको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
मिनाले ढुङ्गा प्रहार गरी श्रीमानको हत्या गरेको खबर पाएसँगै प्रहरी चौकी जेलबाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । महिलाको मानसिक सन्तुलन ठीक नभएको प्रहरीले बताएको छ। गोठमा श्रीमान श्रीमति मात्र भएको र श्रीमान सुतिरहेको बेला एक्कासि हँसिया र ढुङ्गा प्रहार गरि हत्या गरेको बताइएको छ ।