दाङ/
बाँकेको बैजनाथ गाउँपालिका-३ का अध्यक्ष रामचरण थारु लागू औसध (ब्राउनसुगर)सहित पक्राउ परेका छन।वडाध्यक्ष थारु सहित अन्य तीनजना बसेर सेवन गरिरहेका अवस्थामा पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रवीन घिमिरेका अनुसार उनको साथबाट ३१० मिलीग्राम ब्राउनसुगरसमेत बरामद भएको जनाएको छ ।
वडाध्यक्ष थारु ब्राउनसुगर सेवनकर्ता हुन् भन्ने सूचनाका आधारमा प्रहरीले पच्छ्याउँदै जादा सोमबार साँझ पक्राउ गरेको हो ।
उनीसँगै सुरज थारू, सुन्दर थारू र “व थारु पपिन पक्राउ परेका छन् । उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।