लमजुङ।
मर्स्याङदी ६ ठुलीबेसीमा जारी २६ औ सिर्जनाकपको फाइनालमा दिपज्योती युवा क्लव लाम्पाटा र चन्द्रमा युवा क्लव थाकन प्रवेश गरेका छन् ।
आज भएको सेमिफाइनल अन्तरगतको पहिलो खेलमा फुटबल फ्यान क्लवलाई शुन्यका विरुद्ध २ गोलले हराउदै चन्द्रमा युवा क्लव थाकनले फाइनलको यात्रा तय गरेक हो ।
यसैगरी सुजना युवा क्लव ठुलीबेसी र दिपज्योती युवा क्लव लाम्पाटाविच भएको दोस्रो सेमिफाइनल खेलमा शुन्यका विरुद्ध दुई गोल गर्दै दिपज्योती फाइनलमा प्रवेश गरेको हो । फाइनल खेल भोली दिउँसो १ बजे हुने आयोजक सिर्जना युवा क्लवका सचिव करण थापाले जानकारी दिनुभयो ।
स्थानीय सृजना युवा क्लवले क्लव वार्षिकउत्सव तथा माघे सक्रान्तिको अवसरमा माघि मेला तथा २६ औ सृजना कप राष्ट्रव्यापी खुल्ला फुटबल प्रतियोगिता आयोजना गरेको हो । पुष २७ गतेदेखि सुरु भएको प्रतियोगितामा २४ टिमले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको विजेताले रु १ लाख सहित सिर्जना कप, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेतालाई ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै सेमिफाइनलमा पुग्ने २ टिमलाई ६÷६ हजार रुपैयाँ र प्रमाणपत्र, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनहि तिन हजार प्रदान गरिने छ ।
माघे मेलाकै अवसरमा क्लवले मिनि म्याराथुन प्रतियोगिता, झाक्री प्रदर्शन र लोक संस्कृतिको संरक्षणका लागि लोक दोहोरी प्रतियोगिता समेत आयोजना गरेको थियो भने माघ १ गते खुल्ला ठेलो र टोल स्तरिय डोरी तान्ने प्रतियोगिता भएको थियो ।
२०५२ सालमा स्थापना भएको क्लबले स्थापना कालदेखि नै हरेक बर्ष खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ । यसवर्ष २६ औं बसन्तमा प्रवेश गरेको अवसरमा क्लबले आफ्नै सेभेन साइजको खेलमैदानमा सिर्जना कप खुल्ला फुटबल प्रतियोगिता सँगै विविध खेलकुद प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।