दमाम,साउदी।
प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) साउदी अरेबियाले खोवरमा श्रमिक सम्बन्धि समन्वयात्मक बैठक सम्पन्न गरेको छ।बिहीबार खोवर स्थिति क्लासिक होटेलमा साझ ८ बजे समन्वयात्मक बैठक आयोजना गरी श्रमिक सम्बन्धि साउदीमा सक्रिय संघ/संस्था ,मिडियाकर्मी तथा सामाजिक ब्यक्तित्वलाई पिएनसीसीका परियोजना प्रमुख भरत नेपालीले भर्चुअल मार्फत श्रमिक हक हितको लागि के कसरी अघि जाने भन्ने समन्वयतात्मक जानकारी दिएका दिए।
कार्यक्रम संचालन पिएनसीसी साउदीका नवयुक्त बाह्य कोर्डिनेटर गणेश अर्यालले आफ्नो परिचय दिदै साउदीको श्रमिक समस्यामा संघ-संस्था ,सामाजिक ब्यक्तित्व र राजदूतावास संग समन्वय गरि जाने बताएका छन् ।
उक्त कार्यक्रममा साउदीमा सवारी दुर्घटनाको कारण ६९ हजार साउदी रियाल जरिवाना परेर ११ बर्ष देखि घर फिर्ता हुन नसकेको बुटवलको दामोदर क्षेत्री र ६ बर्ष अघि शव पठाएर सदगद गरिसकेपछि साउदीको जेलमा जिउँदै रहेकी नवलपरासीका सरस्वती घिमिरेको उद्वारको लागि के कसरी जाने भने चर्चा चलेको थियो।
घिमिरेको कानुनी मुद्दा हुदा दूतावासले कुटनैतिक तरिकाले समाधान गर्नु पर्नु देखिएको छ भने दामोदरले ७९ हजार जरिवाना तिरेमा फर्कन सक्ने हुदा दूतावासले संस्थाहरुलाई आव्हान गरे आर्थिक सहयोग गर्न सकिने सहभागीले बताएका छन् ।
साउदीमा एनआरएनए,पिनसीसी लगायत ६० भन्दा विभिन्न सामाजिक संघ/संस्था /संगठन रहेको हुदा सबैलाई दूतावासले समन्वय गरेर आर्थिक संकलन गरेर दामोदरलाई नेपाल फर्काउन सकिने बताएको छ।
