इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङ द्वारा, महादेव मन्दिर उद्घाटन सम्पन्न - पिटि अनलाईन न्यूज
Breaking News
इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङ द्वारा, महादेव मन्दिर उद्घाटन सम्पन्न
नेत्र न्यौपाने
३० पुष, २०७८ १५:३८
67 Views
इन्द्रावती,सिन्धुपाल्चोक।
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं १२ भिमटार स्थित एतिहासिक कङकेश्वर महादेवको मन्दिर शुक्रबार एक कार्यक्रमका बिच पालिका अध्यक्ष वंशलाल तामाङले गर्नु भएको छ।
उक्त उद्घाटन समारोहमा अध्यक्ष तामाङले रिबन काटेर मन्दीरको उद्घाटन गर्न भएको हो । महादेब मन्दिर उद्घाटन पुजाआजा पश्चात् बोल्दै अध्यक्ष तामाङले धर्म, संस्सकृतिको जगेर्ना गर्नु हामी सबैको दायित्व रहेको बताउनु भएको थियो ।
आजै अध्यक्ष तामाङले बिभिन्न योजनाहरूको अनुगमन समेत गर्नु भएको छ।