बिशाल कालतन र जितु लोप्चनको फतौरी कान्छी गीतको म्युजिक भिडियो सार्वजानिक
पिटि अनलाइन न्यूज
- २० पुष, २०७८ १३:५१
- 227 Views

चर्चित गायक संगीतकार बिशाल कालतन र चर्चित गायिका जितु लोप्चनको फतौरी कान्छी गीतको म्युजिक भिडीयो सार्बजानिक भएको छ ।
म्युजिक मिडिया नेपालको प्रोप्राईटर समिर तामाङ्ग ले निर्माता गरेको उक्त म्युजिक भिडियो कतारको नया सहर लुसैल र वोर्ल्ड कप २०२२ को घडी भएको ठाउँ कर्नेस साथै समुन्द्रको रमणीय ठाउमा छायांकन गरिएको छ । उक्त गीतमा भविन्द्र तामाङ्ग ,उर्मिला लामा, गणेश लामा , श्रीष्टि लामा अभिनय रहेको छ भने यस गीतलाइ राजेन्द्र कुमार थापा र बिरेन मादेनले छायांकन गरेको छ।
यस म्युजिक भिडियोको निर्देशन भने तामाङ्ग चलचित्रको नायक जंगे लोप्चनले निर्देशन गरेको छन् । परदेशमा आफ्नो तामाङ्ग भाषाको गीतमा निर्देशन गर्न पाउदा खुशी लागेको बताए । कतारमा छायांकन गरिएको र गीत पनि धेरै राम्रो भएको हुदा दर्शकले भिडियो मन पराउनेमा आशाबादी रहेको नायक तथा निर्देशक जंगे लोप्चनले पिटी अनलाईन लाई बताए ।
परदेश मा बसेर आफुले कमाएको पैसाले नेपाली कला संस्कृति क्षेत्रमा योगदान होस् भनेर कला क्षेत्रमा लगानी गरि रहेको र नेपाली दर्शकलाई यो गीतले पूर्ण मनोरंजन दिनेमा आफु आशाबादी रहेको यस भिडियो को निर्माता समिर तामाङ्गले बताए ।