युवा शक्ति जो आफैमा सक्तिसाली हो। यो युवा शक्ति लाई सहि मा राजनीति प्रवेश गराउने र राजनीति गर्नु हुन्न राजनीति फोहोरी खेल हो। भन्ने जुन सोचाइ छ। तेसलाइ सहि तरिकाले भुमिका दिने हो र राजनीति मा युवा को अहम भुमिका र हस्तक्षेपकारी भुमिका हुनु पर्छ!भन्ने कुरा बुझाउने हो भने! अनि मात्र राजनीतिमा युवाको उदय हुन्छ।
देस प्रगति तिर लम्किन्छ, भन्ने कुरा अहिले को प्रतेक पार्टी का नेतृत्व ले बुझ्न जरुरी छ र युवा ले पनि यो मनन गर्न पर्नेछ! र युवा हरु माझ बृहत छ्लफल हुन जरुरी छ! र साथै स्वदेश मै उत्पादन क्षेत्रमा अघि बढाउने र अहिले को नया युग मा टेक्नोलोजी को बिषयमा जानकार गराएर बुझाएर मात्र युवा शक्ति परिचालन गर्नु पर्ने देखिन्छ।
हामिले अहिले को एक्काइसौं सताप्दी मा उत्पादन र टेक्नोलोजी दुबै चिज मा युवा लाई अघि बढाएनौ भने हामी अझै बिसौ सताप्दी मा बसेको महसुस हुनेछ र युवा मात्र होइन देस नै चरम आर्थिक आभाव को भुमरीमा फस्नेछ! युवाहरु लाई उत्पादन को क्षेत्रमा सहि तरिकाले लगानी गर्ने हो! भने बिदेश पलायन हुने धेरै घत्ने छ र देस को उत्पादन बढने छ! अनि मात्र देश ले छलाङ मार्नेछ!टेक्नोलोजी को बारेमा नि बुझ्न जरुरी देखिन्छ।
संसार यति अघि बढिसकेको छ!हामी घर बसि बसि संसार देख्न सक्छौं!अहिले को यो युग मा काहीँ काहीँ टेक्नोलोजी नपुगेको ठाउँमा अझै पनि युवा हरु अन्योल मा छ्न!ल। देशमा के भैराखेको छ भन्ने कुरा समेत थाहा पाउदैनन । तेसैले युवा हरु देशभक्ति इमानदार मेहनती उत्पादन मुखी र टेक्नोलोजी मुखी भएनन भने देसको कुनै पनि क्षेत्रमा अघि बढन असम्भव छ।
तेसैले हामी युवा को राजनीति मा हस्तक्षेपकारी भुमिका हुनै पर्छ। अनि मात्र देश को प्रगति हुनेछ, देसले नया युग मा छलाङ मार्नेछ!अनि मात्र सहिमा देशमा सुसान र समृद्धि आउनेछ।