दाङको तुल्सिपुरमा २ वटा महोत्सव लाग्ने भएपछि व्यवसायीहरुको बिरोध
- १७ मंसिर, २०७८ २३:१२
- 360 Views

पिटिअनलाईन समाचारदाता / दाङ ।
तुलसीपुरमा लगाउन लागेको मेला महोत्सवको बिरोधमा फेन्सी व्यवसायी लगायत व्यवसायीहरुले विरोध र्याली निकाल्नुका साथै तुलसीपुर उद्योग वाणिज्य संघको कार्यालय र तुलसीपुर उपमहानगरपालिकाको कार्यालय घेराउ गर्नुका साथै ज्ञापनपत्र बुझाएका छन् ।
कोरोना महामारीको तेस्रो भेरियन्त ‘ओमिक्रोन’ भाइरसको संक्रमण फैलिरहेको अवस्थामा मेला महोत्सव सान्दर्भिक नभएको भन्दै तुलसीपुरका व्यवसायीहरुले आज शुक्रबार तुलसीपुर उद्योग वाणिज्य संघको कार्यालय र तुलसीपुर उपमानगरपालिकाको कार्यालय घेराउ गर्दै ज्ञापनपत्र समेत बुझाएको तुलसीपुर उद्योग बाणिज्य संघको फेन्सी व्यवसायी उपसमितीका संयोजक रुपेश शर्माले जानकारी दिएका छन। विभिन्न बहानामा मेला महोत्सव लगाउदा खेरी व्यवसायीहरुलाई व्यापारमा घाटा हुने भन्दै व्यवसायीहरु आन्दोलन गर्न बाध्य भएको उनको भनाइ रहेको छ ।
त्यस्तै संयोजक शर्माले बिहीबारदेखि मेला लगाउन नहुने भन्दै हस्ताक्षर संकलन शुरु गरेको समेत बताएका छन। तुलसीपुरमा ब्यबसाय गर्दै आएका बहुमत ब्यबसायीले मेला महोत्सवको बिरोध गर्दापनि सुनुवाई नभए आफुहरु बन्द, हड्ताल लगाएतका आन्दोलनमा जान बाध्य हुने शर्माको भनाई रहेको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट आइ रहेको समयमा मेला महोत्सव लगाउँदा महामारी फैलिने झनै संभवाना बढ्ने हुँदा आफुहरु बिरोधमा उत्रनु परेको उनको तर्क रहेको छ ।
यसैबिच बुधबार मात्रै चन्द्र सुर्य यातायात प्रालिले तुलसीपुरमा पत्रकार सम्मेलन गरि ‘प्रथम प्रादेशिक फेस्टिबल’ तुलसीपुर ६ बरुवागाउँमा मंसिर २३ गतेदेखि २९ गतेसम्म सञ्चालन गर्न लागेको जानकारी दिएको छ । त्यस्तै नेकपा एमाले निकटको ब्यपारिक संगठन तुलसीपुर चेम्बर अफ कमर्शले पुस १ गतेदेखि १२ गतेसम्म तुलसीपुरमै महोत्सव लगाउने जानकारी दिएको छ ।