काठमाडौँ।
कक्षा १ देखि १२ सम्मका पुस्तकहरु अबदेखि अनलाइनमै पढ्न पाइने भएको छ ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको अनलाइन लर्निङ पोर्टलमा यो वर्षदेखि कक्षा ११ र १२ को पाठ्यक्रम पनि थपिएको हो ।
यसअघि कक्षा १० सम्मका पाठ्यक्रममात्र उपलब्ध थिए ।अबदेखि कक्षा ११ र १२ का विद्यार्थीले पनि घरमै बसेर अनलाइन पढ्न पाउने भएका छन् ।यो बर्षदेखी कक्षा ११ र १२ को अंग्रेजी, नेपाली र सामाजिक शिक्षाको पाठ्यक्रम पनि उपलब्ध गराइएको छ ।
पाठ्यक्रमअन्तर्गत विद्यार्थीका लागि डिजिटल साक्षरता, सञ्चार एप्लिकेसन, अनलाइन भुक्तानी, इन्टरनेटबाट सूचना तथा अध्ययन सामग्रीको खोजी र प्रयोग, इन्टरनेट र सामाजिक सञ्जालको उत्तरदायी प्रयोग लगायतका विषय पनि समावेश गरिएको छ ।
यो अनलाइन पोर्टलमा जान यहाँ क्लिक गर्नुहोस् ।तपाईंले यो वेबसाइट अंग्रेजी वा नेपाली दुबै भाषामा चलाउन सक्नुहुन्छ ।