नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बवई गाउँ पार्टीको अपील
पिटि अनलाइन न्यूज
- २२ कार्तिक, २०७८ ००:४१
- 445 Views

नेपाली कम्यूनिष्ट आन्दोलनमा रहेको ठुलो भ्रम चिरफारका लागि नै एमाले र माओवादी केन्द्र विच पार्टी एकता गरियो जस्को परिणाम आजको अवस्था हो यसलाई सही ढंगले जनता माझ प्रष्ट्याउनु समाजवादका उत्तराधिकारीहरुको दायीत्व हो। कम्यूनिष्ट आन्दोलनमा रहेको ठुलो भ्रम चिरफारका लागि, वर्तमान अवस्था र हाम्रो ब्यवहारिक भविष्य वारे संश्लेषित बुझाई आजको आवश्यकता हो जसका विषयमा हामीहरु प्रष्ट हुन जरूरी छ।
पहीलो कुरा नेपाली कम्यूनिष्ट आन्दोलनमा रहेको भ्रम भनेको निर्वाचनबाट २/३ जनमत प्राप्त गर्ने, संविधान संसोधन गर्ने र समाजवादी निती तथा कार्यक्रम ल्याउन सकिन्छ भन्ने नै हो। जून कुरा चिलि र इंडोनेसीयामा असफल भैसकेको ऐतिहासिक कार्यदिशाका पछी दौडनु कमजोरि नै भयो तर जनतासंग एकाकार भयर निरन्तर संघर्ष गरिरहॅदा प्रतिगमनलाई परास्त गर्न सफल भयका छौ भने अर्को कुरा २/३ प्राप्त केपी सरकारले पार्टी भित्र समाजवादी निती तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको समयमा त्यसको काउण्टरमा २/२ पटक संसद भंग गर्ने केपीका पछी लाग्ने कुरा कती जबज सम्मत होला र अब जबजले समाजमा ल्याउने परिवर्तन के होला र केपीको निर्वाचन अभियान प्रष्टै छ।
भ्रष्ट दलालहरूको संरक्षण गर्दै देशलाई फिजी र सिक्किमीकरण गर्नु भन्दा नयाँ कार्यदिशा एमालेमा नभय पछी कुकुरले हाड छोडेको स्तरमा एमालेलाई पुर्याउन जरूरी भैसकेकोछ। केपी दलालले संसद विघटन गर्नु पुर्व पटक पटक स्थानिय सरकारलाई समाजवादी निती तथा कार्यक्रमका बारेमा हामीहरूले सचेतना गराउदा पनी नमानी दलालीकरण र भ्रष्टाचारीकरणतिरै आफु खुसी लाग्ने एमालेबाट आगामी निर्वाचनबाट हामीहरूले के आसा गरेर मतदान गर्ने।
आवसयकताको मापन गरी विकास गरियन जहाँ कमिसन र भ्रष्टाचार सम्भव देखियो त्याहाँ बजेट विनियोजन गर्ने कार्यदिसाले गर्दा उपेक्षित र दुर्गम क्षेत्रका जनताहरू आज पनी विध्धुत,संचार,शिक्षा, यातायात र खानेपानी तथा सिंचाईबाट बंचित भैरहेको अवस्था हो भने सुगम स्थानका जनताहरूलाई प्रयोग मै नआउने विकास थोपरियको छ। दुर्गम क्षेत्रमा +२ वनाएनौ तर सुगममा वनायर विद्ध्यार्थीहरू पायनौ , प्रादेशिक अस्पतालहरू रिफर सेन्टर भैरहेका समयमा हाम्रा गाउमा भवनमा बजेट खर्च गर्छौ र दुर्गमका जनता स्वास्थ्य केन्द्रमा नभै उपचारको सिलसिलामा बाटो मै मृत्यु वरण गरायका छौ यो विडम्बना जनताहरूलाई वुझाउन जरूरी छ। स्वास्थ्य केन्द्रहरू भवनका रुपमा नभै अत्याधुनिक ल्याव , प्रविधि र विशेषयज्ञ डक्टर तथा अपरेसन थ्रेटरका रुपमा सेवा प्रदान गर्न सक्ने गरि अगाडी बढन आवस्यक छ।
दोश्रो कुरा कम्यूनिष्ट नाम र काम तथा सिद्धान्तमा ठुलो खाडल देखियको छ जसको मुख्य कारण सिद्धान्त परित्याग गरेकाहरूबाट जनताहरूलाई धोका, कम्यूनिष्ट नामको वदनामी र जनताका दुश्मनहरूका अगाडी आत्मसमर्पण आदीका कारणहरूले न्युन चेतना भयका जनताहरूलाई भ्रमित गराउने काम भयको छ। आफ्नो वर्गको उत्थान केन्द्रीत नेतृत्व स्वतन्त्रता पुर्वक जनताले छान्न सक्नु र जनयुद्ध,जनआन्दोलनका उपलव्धिहरू तथा संविधानको रक्षा गर्न सक्ने नेतृत्व छनोट नै आजको बस्तुगत आवसयकता हो।
तेस्रो समीक्षात्मक पक्ष के हो भने प्रतीगमनकारी मुख्य दुष्मन केपी एमाले विरुद्ध लडनलाई सोही स्तरको प्रतिगामी दलाल कॅग्रेस संगको गठवन्धन सरकारबाट परिवर्तनको सम्भावना त छैन यदी आजको हल्लालाई सल्लाहका रुपमा चुनावि गठबन्धनमा परिवर्तनकामीहरूको पहलकदमी रहेको खण्डमा झिनो आशालाई भने हामीहरूले विर्सनु हुदैन। केपी दलालको प्रतिगमन रोक्न त सफल भयका छौ तर अर्को रुपको प्रतीगमन भै रहेको छ त्यसको रक्षाका लागी आगामी निर्वाचनबाट जनपक्षीय उमेदवारको विजयसंग जोडियको छ भने जन अधिकारको सही सदुपयोग आजको आवश्यकता देखिन्छ। जनताहरूलाई सही कुरा वुझाउन सक्ने नेतृत्वको खाँचो भने अवस्य छ।
अन्तमा आजको विघटन र संगठनको केन्द्रमा, राष्ट्रिय राजनिती र सन्तुलनमा,गणतन्त्र, संघीयता,धर्मनिरपेक्षता, समानुपातिक, समावेशी राष्ट्रियता र संविधानको रक्षक माओवादी केन्द्र भयको कुरा दीनको घाम झै छर्लङ्ग भयको छ।आजका समग्र उपलब्धिहरुमा कॅग्रेस र एमालेको गोरू बेचेको सम्म साइनो छैन त्यसैले समग्र प्रतिगामीहरूको प्रतीरोध गर्दै अग्रगमनका लागी नेतृत्व गर्ने नेकपा (माओवादी केन्द्र ) वरिपरी सम्पुर्ण जनसमुदाय केन्द्रित भै समाजवादी भविष्य वोकेको पार्टी वरपर गोल्बन्द हुनु या आ-आफ्नो स्थानबाट सहयोग पुर्याउनु आजको आवश्यकता हो। –भिम बहादुर वली ” क. ड्राइभर ” दाङ