नफलेको पराल बोकेर धान किसानहरु माइतीघर मण्डलामा
- १६ कार्तिक, २०७८ १७:०८
- 187 Views
काठमाडौं ।
धानमा बाला नलागेको भन्दै किसानहरुले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।उचित क्षतिपूर्ति माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
ललितपुरको चपागाउँका किसान रामहरी घिमिरेको गुनासो पनि जयन्तीको जस्तै छ । उनले लगाएको धानबालीमा पनि यो वर्ष दाना लागेन । बढी फल्छ भनेर नयाँ प्रजातीको हाइब्रिड धान लगाएको तर धान पाक्ने बेला धानको बाला न निहुरिएपछि छामेर हेर्दा दाना नै नलागेको भेटिएको उनको गुनासो छ ।
प्रर्दशनमा सहभागी किसानहरुका अनुसार उपत्यकाका तीन वटै जिल्लामा लगाइएको धानमा समस्या देखिएको छ । धानमा बाला नलाग्ने समस्याबाट भक्तपुरको तेलकोटका किसान सबैभन्दा धेरै प्रभावित भएका छन् ।काठमाडौंको मातातिर्थ, दहचोक र ललितिपुरको चापगाउँ क्षेत्रका किसानले लगाएको धानमा पनि दाना लागेको छैन ।
नफलेको धानको मूठोसहित प्रर्दशनमा उत्रिएका किसानहरुले झुक्याएर नफल्ने धानको बिउ बेच्ने बिक्रेतालाई कारबाही गर्न माग गरेका छन् ।किसानलाई उचित क्षतिपूर्ती दिन, साना किसानको ऋण मिनाहा गर्न पनि उनीहरुले सरकारसँग आग्रह गरेका छन् ।कृषि सूचना प्रणाली प्रभावकारी बनाउन र गुणस्तरीय मल बिउ उपलब्धताका लागि पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।