रेडियोमा एकनासले बज्ने मालाश्री धुन, बारीको कान्लाभरी एकनासले फक्रीएका सायपत्री थुंगाहरु, घोर्ले खसी डोहोर्याउँदै गरेका बटुवाहरु, खुला आकासमा आपसमा ठुंगाठुंग गर्दै बत्तिइरहने चंगाहरु, ठाउँठाउँमा बनाइएका मच्चिरहने लिङ्गे पिङहरु, शक्तिपीठहरुमा लाग्ने भक्तजनको लावालस्करहरुसँगै दशैंले हाम्रो घर आँगनमा प्रवेश गथ्र्यों ।शरद ऋतुको यो मोहक मौसममा पनि दशैंको रौनक छैन कतै ।
हिजो मात्रै घटस्थपनाको दिन आँसु पुछ्दै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा भक्कानिएका युवाहरु।बर्शौंदेखी छोराको पर्खाइमा बस्दाबस्दै अस्ताएका आमाका आँखाहरु।बाबुको पर्खाइमा न्यार्सिएका छोराछोरीहरु।अरुको जोडि नारिएर मस्किदा सुकसुकाएका श्रीमतीहरु ।टिभी ,रेडियो र युटुबे गितहरुले मात्रै दशैं आउँछ भने आओस मेरो घरमा दशैं आएकै छैन।
सर्वत्र कोरोना महामारीको आतंक छ । लाखौं यसबाट संक्रमित भए ।कोरोनाकै कारण कतिले आफ्ना सन्तान गुमाए र यसपालीको दशैं मान्न पाएनन् ।कति अहिलेपनि अस्पतालमै छन्, आइसोलेसनमा छन् ।कति त यहि कारणले चाहेर पनि स्वदेश फर्किन पाएनन् ।एउटा परिवार दुई ठाउँमा बसेर दशैंको रौनक फिटिक्कै आए जस्तो लाग्दैन।
पाहुना लाग्न, पाहुना बोलाउन त्यती अनुकुल छैन ।विगतहरुमा जस्तो यसपाली मुलघर फर्कनेहरुको भिड छैन । तुलनात्मक रुपमा थोरै मात्र आफ्नो थातथलो फर्किएका छन् ।सार्वजनिक यातायात कोरोना संक्रमणको अरु जोखिमपूर्ण भएकाले धेरैले यात्रा समेत गरेनन् ।आफ्ना नै आफ्नो साथमा छैनन् मासु र भात खानको लागि मात्रै हो भने दशैं आए जस्तो लागेन ।
पर्देशिएकाहरु सजिलै घर फर्किने वातावरण बनोस,साहुले दैलो नढुकोस, आफ्नाले बाटो नकाटोस, नहोस कसैको आँखामा आँसु नहोस कसैको काख रित्तो फलोस फुलो भावना सबैमा विजया दशमीको शुभकामना ।
रामचन्द्र तिम्सिना
म्यागङ ५ सामरी,नुवाकोट