मानव बेच-बिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा नुवाकोट तारकेस्वरका एक पक्राउ
- १५ भाद्र, २०७८ २१:०९
- 508 Views
नुवाकोट।
मानव बेच-बिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा नुवाकोट तारकेस्वरका एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
कास्कीको पोखरा महानगरपालिका वडा नं.०६ खहरे चोक स्थित होटल लिटिल ह्यावेन संचालन गरी बस्ने नुवाकोटको तारकेस्वर-४ स्थायी घर भइ हाल कास्की पोखरा महानगरपालिका वडा नं.६ खहरे चोक बस्ने वर्ष २७को विशाल भन्ने विष्णु श्रेष्ठले कुकको काममा लगाई दिन्छु भनि ललाई फकाई प्रलोभनमा पारी महिलाहरूलाई डर त्रास देखाई बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले मिति २०७८।०५।१५ गते बिहान अं.०८:०० बजेको समयमा प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
पक्राउ परेका श्रेष्ठलाई मानव बेच-बिखन तथा ओसार पसार मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट दिन तिन (३) म्याद थप अनुमति लिई अनुसन्धान कार्य अगाडी भई रहेको साथै पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाईएको कास्की प्रहरीले जानकारी दिएको छ ।