नुवाकोटमा अविरल वर्षासंगै आएको बाढी र पहिरोले पासाङ ल्हामु राजमार्गको विदुर र बट्टार सडक खन्ड अवरुद्ध
- १३ श्रावण, २०७८ २२:५२
- 987 Views

नुवाकोट।नुवाकोटमा बुधबार अबिरल वर्षा र बाढीका कारण बिदुर र बट्टार सडक खन्ड अबरुद्ध भएको छ ।
विदुर र बट्टार जोड्ने मैथली व्यारेकको विदुरपट्टी खोल्चा भासिएको छ । पहिरोसँगै मालपोत कार्यालयमा समेत क्षति पुगेको छ।
खोल्चा भासिएसँगै यातायात पुर्ण रुपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालयल्र जनाएको छ। यातायात ठप्प भएसँगै रसुवागढी नाकाबाट काठमाण्डौ हिँडेका मालवाहक सवारी साधनको लाइन लागेको छ ।
नुवाकोटकाे विदुरदेखि रसुवासम्मकाे यातायात साधन विदुर चाेकमा र बट्टारदेखि काठमाडौंसम्मकाे यातायात साधन बट्टारमा राेकिएको र विदुर-बट्टार पैदल यात्रासमेत असम्भव रहेको नुवाकोट पत्रकार महासंघका अध्यक्ष कपिल देब खनालले जनाएको छ।
तपाईको प्रतिक्रिया