समृद्धिको डकार देखि हैकमवादको गुलामी सम्म
- २६ बैशाख, २०७८ ०६:१८
- 419 Views
कुरो खस्रोबाट शुरु गरौं यथार्थमा भन्नुपर्दा युवा युवती देशमा बस्न चाहादैनन । कर्मचारी काठमा ण्डौं छोडेर अन्यत्र जान चाहादैनन । डाक्टरहरु माइती घर मण्डलामा आफ्नो भविस्य देख्दैछन । ठेकेदारहरु निर्बाचनमा दिएको चन्दा सम्झाउँदै छन । कार्यकर्ताहरु अहिले पनि हाम्रो दिन नआए कहि ले आउने भन्दैछन । लगानीकर्ताहरु चोरबाटो बाट पैसा कमाउन बुद्धीमानी सम्झदै छन । जिल्लामा बस्ने नेताहरु भुगोलमा पसिना बगाउनु भन्दा परि क्रमा गरेर पद पडकाउन मरीहत्ते गर्दैछन ।
अझ भनौं त जीवनभर पार्टी भनेर हिडनेहरु भवि स्य सकियो भन्दै खुनको आँसु पिउँदैछन । विगत मा सरकारी गोरखापत्रले गर्ने काम आजकल भक्त र हनुमानहरुले सञ्चालन गरेका अनगिन्ती खल्ती अनलाईनले गर्दैगर्दा मिडियाको विश्वस्नियता नरा म्रोसँग धर्मराउँदै गएको छ । आम जनता भ्रममा पर्दा मुलुक र समाज झन झन कमजोर बन्दैछ । वालुवाटारमा बस्नेले मात्र राम्रो देख्ने , हिजो आफै सँग जीवन सडाएका समकालिन पार्टी सहयोद्धा हरु भविस्य अन्धकार देख्ने बिचित्रको कार्यकाल गरिब जनताको निम्ती कसरी हुन सक्ला ? भन्ने गम्भिर सवाल अनौपचारिक मञ्चमा सुनिदै आए-को छ ।
के यहि हो त लोकतन्त्र ?के यहि हो त गणतन्त्र ?तपाईहरु माने मान्नुस नमाने पनि नमान्नुस।स्थायी सरकार कै लागि दुई तिहाई जनमत आमुल परिवर्त नको निम्ती प्रयोग गरिएला भन्ने आशा अब सकिए को छ। कालीमाटीको तरकारी बजारमा धोखा खाने तपाईको सत्ता , यातायातको सिण्डिकेट तोडेको दुई दिने हाईहाई , ३३ किलो सुन काण्डमा चुकेको प्रशासन , निर्मला बलात्कार र हत्याकाण्ड मा पखालिएको गृह प्रशासन पछी यो देशमा केही हुँदैन , गर्न दिइदैन भन्नेहरुको मनोबल हवात्तै बढेको छ । बोलक्कडहरु पखालिए पछी हाम्रो पालो आउला र खाउँला भन्नेहरु कुरेर बस्दै गर्दा पार्टी र सरकारको चुनौती गम्भिर मोडमा पुग्दैछ ।
आ-आफ्नै वर्चस्वको डंका पिटेका दलहरु एमसिसी नामक सिनोमा रुमल्लिएका छन् ।कथित कम्युनि स्टहरु कमिसन नामक अंग्रेजी शब्दबाट जन्मिएको आभास भएको छ।सुन्नु भाकै हो ,हास्य रस र अभि मान मिसिएको बोलक्कड शैलीमा रमाउँदै गरेका प्रधानमन्त्रीले दिने हल्का जवाफहरु मुलुकलाई नोक्सान पुर्याउन काफी छ । खाल्टा खुल्टी कहिले पुर्नु हुन्छ भन्दा हामीले पारेको हैन । बाढी र डुबान कहिले नियन्त्रण हुन्छ ? भन्दा खोलो हामीले ल्याए को हैन । पानी परेर हिलो हुन्छ दोष चाँही सरकार लाई । अलि चर्को घाम लाग्यो सरकारले लगायो भन्ने भाषण सुनेपछी बिगतमा ओलीलाई भोट किन नहालेको ? ड्राईभरले सोध्लान भन्ने प्रधानमन्त्रीलाई साँच्चीकै ड्राईभरले सोध्न थाली सकेका छन। ‘ देश बन्छ ढुक्क भएर सुत्नुस ‘ भन्ने भनाईलाई पत्याउँदै सुतेकाहरु तीन बर्षपछी बिउँझिँदा ‘ बोल्नेले गर्दैन , गर्नेले बोल्दैन ‘ । भन्ने पुर्खाको उखान सम्झन बाध्य हुँदैछन ।
चिराचिरा बनेको पार्टी गुटैगुटमा बिभाजन भएको नेताहरुको नैतिकता , अनुशासन र सुशासन धर्मरा एको मुलुकमा समृद्धि ल्याउन अत्यन्त कठिन हुन्छ । अनुशासन र नियमबद्ध कार्यप्रणाली सुरु भए बिकास उन्मुख मुलुकहरु बिकसित बन्न जाने बुझे को विश्व पुँजीबादले आफ्नो बजार गुमाउन नदिने तारतम्य जताततै फिट गरेको विकासवादी बोल क्कडहरुले भर्खरै बुझ्दैछन । व्यवस्था र ब्यक्ती दुबैको लागि लाभप्रद हुने अनुशासन कडाईको साथ लागु गर्नु तम्सिए जनादेशलाई मतादेश र लोकतान्त्रीकलाई निरुङ्कुश भन्दै माइतीघर तताउने अभियन्तासँग आत्मसमर्पण गर्दैछ ।र धोतिको टोपी लगाउँदै खिया लागेको दाँत देखाएर ङिच्च हाँस्दैछ।
बिपत्तिमा जिम्मेवार बन्नुको साटो आपसी लडाई र कमिसनको भागबन्डाले “सबै जोगि कान चिरेका” भन्ने उखान चरितार्थ भएको छ।जनताले फलानो दल सहि छन् भन्न सक्ने वातावरण छैन।संघियताले स्थानीय जनप्रतिनिधि राजा बनेका छन् ।राजतन्त्र हटाएर गणतन्त्र ल्याईए पनि जनतालाई रैतिको व्यबहार गरिएको छ।सामन्तवाद झनझन मौलाउँदो छ ।धनिगरिब बिचको वर्गिय खाडन झन गहिरि एको छ।दत्तचित्त भएर आत्मसमिक्षा यदि सबैले नगर्ने हो भने।नागरिकताधारी नेपाली उपेक्षित बन्दै पासपोर्टधारी बिदेशीहरु शक्तिमान हुनेछन।र देश बिदेशीको गुलाम बन्नेछ।
रामचन्द्र तिम्सिना
(आवाज)