बाग्लुङमा कोरोनाका कारण एक जन प्रतिनिधिको मृत्यु
- २१ बैशाख, २०७८ १५:२४
- 187 Views
काठमाडौं।
कोरोना भाइरसको सङ्क्रमणबाट बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका कि एक जनप्रतिनिधिको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षिया तेजुमाया भण्डारी परियार रहेकी छन् । परियारको राति ११स्३० बजे मृत्यु भएको धौलागिरी अञ्चल हस्पिटलमा उपचारका क्रममा निधन भएको हो । वडा न ३ बाट निर्बाचित महिला सदस्य ताराखोला गाउँपालिकाको कार्यपालिका सदस्य समेत हुन ।
करिब एकहप्ता अघिदेखी बिरामी भएपनि १८ गते मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणको शिकार बनेकी उनले दुवै चरणको कोरोना विरुद्धको खोपसमेत लगाएको बताइएको छ । काठेखोला गाउँपालिका(३ धम्जा माइत भएकी उनले अन्तरजातिय विवाह गरेकी हुन्। भण्डारी नेकपा माओवादी केन्द्रबाट ताराखोला वडा नम्बर ३ बाट वार्ड सदस्य हुँदै कार्यपालिका सदस्य बनेकी थिइन्।
उनी अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला सदस्यसमेत हुन्। करिब एकहप्ता अघिदेखी बिरामी भएपनि १८ गते मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । स्थानीय क्लिनिकबाट औषधि लिएर होम आइसोलेसन बसेका उनलाई श्वास प्रश्वासमा धेरै नै गाह्रो भएपछि मात्रै गाउँपालिकाको कोभिड अस्पताल लगिएको थियो ।