वैशाख २४ गते देखि सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द
पिटि अनलाइन न्यूज
- २० बैशाख, २०७८ २३:०२
- 1722 Views

काठमाडौँ ।
नेपाल सरकार द्वारा यहि वैशाख २३ गते राती १२ बजे देखि वैशाख मसान्त सम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने भएको छ ।
कोरोनाको भयावह स्थितीलाई मध्यनजर गर्दै नेपाल सरकारले वैशाख मसान्त सम्म सबै अन्तर्राष्ट्रि हवाइ उडान बन्द गर्ने निर्णय लिएको सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले बताएका छन् ।
उनका अनुसार २३ गतेबाट अन्तर्राष्ट्रिय उडान बन्द गरिनेछ भने भारतसँगको उडान भने सातामा २ वाटा यथावत रहनेछ । भारत र नेपालबीच एयर बबल स्किम अनुसार उडानलाई सरकारले कटौती गर्न सकेन । भारतसँग दुई तर्फी उडान हुनेछन् । यहाँबाट आउने यात्रु १० दिन क्वारेन्टिनमा अनिवार्य बस्नु पर्ने निर्णय भएको छ । त्यस्तै सोमबार ( आज ) राति १२ बजेबाट वैशाख मसान्तसम्म लागु हुनेगरि आन्तरिक सबै उडान पनि बन्द गरिएको छ ।
विश्वभर महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिट -१९को संक्रमण नेपालमा पनि बढ्दै गएकाले रोकथाम तथा नियन्त्रणको लागि बन्द गर्नु पर्ने बताए ।