जनप्रगतिशील मोर्चा साउदी अरबले पाँचौ अधिवेशन गर्दै
पिटि अनलाइन न्यूज
- २३ चैत्र, २०७७ २३:१५
- 96 Views

जेद्दा ।
‘असफल संसदिय व्यवस्थाको विकल्प बैज्ञानिक समाजबाद ल्याऔं, प्रबासी मजदुरहरु एकीकृत जनक्रान्तिको आधार होऔं’ नारा सहित नेपाली जनप्रगतिशील मोर्चा साउदीले अधिबेशन गर्न लागेको छ । अधिबेशन तयारीको लागि मोर्चाले अधिबेशन आयोजक समिति घोषणा गरेको छ । अनलाइन भर्चुअल जूम मार्फत आयोजकले समितिको घोषणा गरेको हो ।
नेपाली जनप्रगतिशील मोर्चा साउदीका अध्यक्ष कसम मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा युएई र कतार मोर्चा नेतृत्वको पनि उपस्तिथि थियो । कार्यक्रम साउदी मोर्चा नेतृत्व महासचिव सुरेस वलिले संचालन गरेका थिए । अथितीहरुमा कतार मोर्चा अध्यक्ष साजन गुरुङ, युएई मोर्चा अध्यक्ष मनोज काउचा मगर, युएई मोर्चाका सल्लाहकार शमर खत्रीको उपस्थिति रहेको थियो भने प्रमुख अतिथिमा साउदी मोर्चाका सल्लाहकार तिर्थ पाख्रीनको उपस्थिति रहेको थियो । त्यस्तै बिशेष अतिथिको रुपमा नेपाली जनप्रगतिशील मोर्चा मध्यपूर्ब अध्यक्ष बेद बोहराको उपस्थिति रहेको थियो ।
सहिदहरुको सम्झनामा एक मिनेट को मोहन धारण गरि कम्युनिस्ट अन्तराष्ट्रिय गित गान मार्फत कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य साउदी मोर्चा सचिबालय सदस्य तोया राज भट्ट ‘मिलन’ ले राखेका थिए । स्वागत मन्तव्यकै क्रममा ज्ञात अज्ञात सहिद, बेपत्ता, घाइते योद्धाहरुलाई सम्झिंदै उहाँहरुका रक्तिम सपनाहरु साकार पार्न हामीले कुनै कसर बाँकी राख्न नहुने ठोकुवा गरे । देश बनाउने महान जिम्मेवारी हामी युवाहरुको काँधमा आएकोले देश बिदेशमा रहेका प्रगतिशील युवाहरु एकजुट भएर एकीकृत जनक्रान्तिबाट संसदीय ब्यबस्थालाई ध्वस्त पार्न र बैज्ञानिक सामाजवादको लागि बाटो प्रशस्त गर्न आग्रह समेत गरे ।
मोर्चाका निबर्तमान अध्यक्ष युवराज कार्की, मध्यपूर्व मोर्चाका अध्यक्ष बेद बोहरा, कतार मोर्चाका अध्यक्ष साजन गुरुङ र युएई मोर्चाका अध्यक्ष मनोज कौचाले साउदी मोर्चाको पाँचौं अधिबेशन सफलताको शुभकामना सहित आफ्ना मन्तब्यहरु राखेका थिए । साउदी मोर्चाका बरिष्ठ सल्लाहकार तिर्थ पाख्रीनले पाँचौं अधिबेशन समितिको नामावली सार्बजनिक गर्नुभयो ।
मोर्चाका महासचिव टिकाराम वलि ‘दर्शन’ को संयोजकत्वमा सह-संयोजक तोय राज भट्ट ‘मिलन’, व्यवस्थापनमा शंकर पौडेल, सुचना तथा संचार युवाराज कार्की, अनुसासन तथा समन्वय विभागमा सल्लाहकार तिर्थ पाख्रिन, कसम मगर र सम्पुर्ण मोर्चा केन्द्रिय सदस्य पाचौं आयोजक समिति सदस्य रहने गरि अधिबेशन तयारी समिति बनेको छ ।