विप्लवको राजनीति उखान टुक्कामा सिमित ,प्रचण्ड दुरदर्शि नेता ,पुर्व जनमुक्ति सेनाको विप्लव लाई चुनौती
पिटि अनलाईन न्यूज
- २७ फाल्गुन, २०७७ ०२:१९
- 305 Views

पुर्व जनमुक्ती सेना नेपालका एक योद्धाले विप्लव लाई चुनौतीपूर्ण पत्र सामाजिक संञ्जालमा राखेका छन् ।नेपालको समसामयिक राजनीतिक घटनाक्रमले कोल्टे फेरे सङ्गै भुमिगत राजनीतिक गरिरहेका विप्लव लाई आफ्नै पुर्वजनमुक्ती सेनाका योद्धाले यसरी केपि ओलिको उखान टुक्कामा ठोकिँन पुगेको भन्दै कडा रुपमा आलोचना गरेका हुन।
रोल्पा जिल्ला थबाङ गाउपालिका वडा नम्बर २ निबासी छेर्लोबाङका युवाले आफुहरुले जनयुद्धमा विप्लव हरुलाई बचाउन र जनयुद्धको उर्वर भुमी रोल्पाको लाल किल्लाबाट भुल्न नसकिने राजनीतिक भुमिगत जिवनयापन गरिरहेको रोल्पालिहरुको जीवन माथी फेरि बैज्ञानिक समाजबादको नाममा खेलबाड गरेको भन्दै पुर्व माओवादी हरुलाई सिध्याउन देशी तथा बिदेशी शक्तिहरु लागेका बेला प्रतिगमनकारी केपि ओलि सँग हात मिलाएर आफुलाई बैज्ञानिक समाजबादी नेता भन्नू लज्जास्पद र हास्यास्पद हो भन्दै आक्रोश व्यक्त गरेका छन।जनयुद्वले थलेको रोल्पालाई फेरि क्रान्ती गर्छु भन्दै बिस्तृत सान्ती सम्झौताअनुरूप प्रचण्ड लाइ ढोका दिएर आफू टेबुलमा राजनीतिक गर्न नसकेर भागेको विप्लव चोर बाटो हुँदै बिदेशी शक्तिहरुको गोठालो केपि ओलि सङ्ग मिल्नु आम रोल्पाली जनता र नेपालका क्रान्तिकारी पक्षहरुको लागि दु:खद कुरा हो समेत भनेका छन।
उनले सामाजिक संञ्जालमा थप भनेका छन राजनितिमा स्थाई शत्रु र स्थायी मित्र हुदैन भन्ने बुझ्न नसक्ने हामी कति मुर्ख……… अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका राष्ट्रपति बिच सिगापुरमा भएको बार्ता कसरी भएको थियो??? उनीहरू एक अर्कालाई कति सम्मको निम्नस्तरको गाली गलौच गरेका थिए प्रसङ्ग / नेपाल मा पनि भोलि सबै जना नेता हरु प्रचन्द को वर परि गोल्बन्द हुन सक्दैन भनेर कसरी बिस्वास गर्न सकिन्छ त्यो दिन नजिकै छ त्यो सम्भव छ / हेक्का रहोस प्रचण्ड बिना नेपालमा एउटा पात पनि हल्लिदैन हेक्का रहोस भनेका हुन।
प्रचण्ड लाई आफ्नो मुक्तिको मार्गदर्शन भन्दै यसरी थप लेखेका छन।
युगले मागेको एक शाहसिक नेतृत्व क. “प्रचण्ड
✍️
क. प्रचण्ड युग र परिस्थितिले जन्माएको साहसिक “योद्धा” हो। बर्तमान परिस्थितिमा युवा पुस्ताको आदर्श बन्दै गएको नाम हो क. “प्रचण्ड ।। जनताको मुक्तिको निम्ति दस बर्से जनयुद्ध गरेर र जनता र वीर सहिदहरुको सपना पूरा गर्न मृत्युलाई पराजय गरेर आएका क. “प्रचण्ड “ले लिएको नेपाली जनताको मुक्ती दिने संकल्पलाई पूरा गर्न हरेक युवाले साथ दिएर प्राप्त उपलब्धिको रक्षा गर्नु हाम्रो पुस्ताको कर्तब्य हो।।क. प्रचण्ड ले तय गरेको सान्ती समृद्धि उन्नति र बिकास मार्फत समाजबाद हुँदै साम्यवाद स्थापना गरि जनताको बास्तिक सत्ता स्थापना गर्नु नै आजको आबस्यकता हो।
।त्यसकारण सम्पुर्ण युवा जसले नेपाली जनता र देशको मुक्ती चाहान्छन सबैले एकचोटि संघर्ष गरेर दलालहरुलाइ र उग्रवामपन्थी हरु लाई बिस्थापित गरेर जनताको जनगणतन्त्र हुँदै समाज वाद र साम्मेबाद एस्थापना सत्ता स्थापना गर्न सम्पुर्ण क्रान्तिकारी हरु एकजुट भएर निरन्तर क्रान्तिको बाटो अघि बढ्नुको बिकल्प छैन।
“प्रचण्डजस्ता दूरदर्शी नेता माधवजस्ता सादगी नेता झलनाथ, प्रकाशजस्ता वैचारिक नेता वर्षमान, घनश्याम, जनार्दन, सुरेन्द्र र योगेशजस्ता संगठक भएको कम्युनिस्ट पार्टी कहिल्यै कमजोर हुनेछैन हेक्का रहोस इत को जवाफ पथर ले 📢📣
विप्लव कम्रेड जनयुद्धको जगमा उपलब्धि प्राप्त संघीयता धर्मनिर्पक्षता,समावेशिता सहितको संविधान मा असन्तुष्ट हुनुको पछाडि नेपालको जनाअन्दोलन,जनयुद्ध लाई कम्जोर पार्न तपाईले नातकिय भुमिगत राजनीतिक गरेको कुरा प्रष्ट हुदैछ ।
बिप्लब कमरेड को धरातल दरिलो छैन रहेछ भन्ने बुझियो । वार्ताका नाममा जेजस्ता फितला सहमति गरेपनि उनले घुँडा टेकेकै हुन । क्रान्ति असफल भयो भनेर सफल पार्न कम्मर कसेका बिप्लब केपि वलीले प्रस्ताव गरेको भोलिपल्टै बार्तामा बस्ने र अाधिघण्टा भित्रै सहमति भयो भनेर दोसल्ला अोढने क्रियाकलाप बाट कामरेडको अनि उनको नेकपाको चुरो कतिसम्म मक्किसकेको रहेछ , भनेर बुझ्न गार्हो परेन नेपाली बजार को खुद्रा सामान जस्तो भो ।
-पदम रोका
रोल्पा थबाङ
हाल कुवेत ।