१११औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसकाे संक्षिप्त जानकारी र नेपाली श्रमजीवी नारिहरुकाे अवस्थाका -किरण पान्डे
पिटि अनलाइन न्यूज
- २४ फाल्गुन, २०७७ २२:५३
- 381 Views

आज हामी याे नारी दिवस मनाइरहदा किन र केका लागि मनारहेका छाै ,त्याे जान्नु अति महत्त्वपूर्ण छ।
सन 1909 मा अमेरिकाकाे न्युर्याेक सिटीमा पहिलाे पटक श्रमिक महिलाहरु जम्मा भएर एउटा आवाज उठाउन शाहिसक कदम चालेका थिए। उनिहरुका माग ठुला पनि थिएनन।जुन माग राख्न आन्दोलन गर्नुपरेकाे थियाे।समान ज्याला र सिमीत समय सिमा ताेक्न थियाे ।यसरी शुरु भएको आन्दोलन सन 1911मा श्रमजीवी महिलाहरुले यसलाई दिवसकाे रुपमा मनाउन अन्तर्राष्ट्रिय जगतमा शुरु गरेका हुन ।
अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मनाइरहदा हाम्रोजस्तो मुलुकमा श्रमिक नारीहरुकाे अवस्था कस्तो छ त भनेर हेर्दा यसलाई दिवसकाे रुपमा मनाउन कति उचित देखिन्छ ?श्रमजीवी महिलाहरुलाई आत्मसम्मान पाउने अबस्था अझैसम्म पनि छैन।आज १११औं अन्तर्राष्ट्रिय नारी दिवस नभएर हाम्रो मुलुकमा महिलाहरु आन्दोलनकै रुपमा छन । न श्रमकाे मूल्य समान छ न श्रमकाे सम्मान छ।सरकारी सेवामा श्रमकाे मुल्य समान भए पनि आत्मसम्मान पाउन सकेका छैनन् ।सरकारी सेवामा प्रवेश सँगसँगै लैङ्गकि विभेदले चुर्लुम्मै डुबेकाे तिताे अनुभव बटुल्नु परेकाे हुन्छ ।
जहाँ काममा विभेद, निर्णय दिने कुरामा विभेद , जिम्मेवारी दिने कुरामा विभेद आदि कुरामा पुरुषहरुलाई नै हावी गराउने महिलाको कामलाई आत्मसम्मानमा ठेष पुर्याउने काम भइरहेको हुन्छ।एकाहददुइ महिलाहरु बाहेककाे समस्या सम्पूर्ण सरकारी सेवामा छ।
निजीक्षेत्रमा काम गर्ने महिला दिदी बहिनीको विषयमा त झनै दर्दनाक अवस्थामा छ।समय सिमा ,श्रमकाे विषयमा ,जिम्मेवारी दिने देखि बाेलिचालीमा समेत विभेदकारी व्यबहार देखिन्छ ।श्रम शाेषण,लैङ्गकि हिंसाको शिकारीको सिकार बन्न वाध्य छन अधिकांस महिला दिदिबहिनी ।
घरमा काम गर्ने आमा दिदिबहिनीकाे अवस्था त झनै पीडा भाेगिरहनु भएकाे छ। संसारकाे तथ्यांक हेर्ने हाे भने घरेलु हिंसा बाट १३७ जना नारीहरु आफ्नै श्रीमान र परिवारबाट मारिएकाे भन्ने खबर पढ्दा दर्दनाक पीडा छ।हाम्रो छिमेकी मुलुकमा हरेक दिन २३००० महिला हिंसामा परेकाे तथ्यांक खबर आइरहेको हुन्छ ।हाम्रो मुलुकमा महिला हिंसाकाे यथार्थ तथ्यांक आउन सकेकाे छैन ।यसकाे पहिलाेपाटाे परिवारकाे इज्जत र दाेश्राे समाजिक परिवेश ।जस्तोसुकै घटना पनि समाजमा मिलाउने र परिवारमा गुपचुप राख्ने कारणले महिला हिंसाका घटना बाहिर ल्याउन नसकिने अवस्था छ।जाे महिला आत्म निर्भर छन उहाँहरु घटना बाहिर ल्याउछन तर उचित न्याय पाउन चाहिँ सकिने अवस्थामा छैन ।अर्को कुरा वर्गकाे विभेदका कारण पनि घटनाहरु बाहिर आउदैन र घर भित्रै सहेर बस्नु परेकाे अवस्थामा छ ।यस्ता घटनाहरुकाे लागि ससक्त आन्दोलन बाँकि नै छ।
हामी महिलाहरु एक पुरुषको सहारा भन्दा पनि हजारौं पिडित महिलाको सहारा बन्नुपर्छ । हजारौं नारी आज सडकमा हिंसाकै कारण सडककाे बाँस हुनु परेकाे छ । लाखौं दिदिबहिनी बेसाहरा भएका छन। त्यस्तै हजारौं बालिकाहरु सानाे उमेरमै याैनिक हिँसामा परेका छन ।हजारौं नारीहरु भुर्ण अवस्था मै पहिचानकै आधारमा मारिनु परेको छ।हजारौं नानीहरू दिनदाहाडै बलत्कृत हुनु परेकाे छ।लाखौंलाख चेलिबेटी आज बेचबिखनमा परेका छन । घरदेखी कुनै पनि ठाउँमा सुरक्षित महशुस गर्ने अवस्थामा महिलालाई छैनन। एकाहददुइ महिलाले आफुलाई प्रमाेसन गरे भन्दैमा सबैलाई प्रमाेसन भएकाे नसम्झाैँ।ती पिडित र उत्पिडनमा परेका हाम्रा लाखौंलाख आमादिदि बहिनीकाे समस्या र पिडामा मलम लगाउन सक्नु नै याे नारि दिवसकाे रुपमा चाडपर्व बन्ला नत्र याे दिनलाई दिवसकाे रुपमा मनाउँदै दुइचारजना सेलिब्रेटीलाई पुरस्कृत गर्नुकाे औचित्य छैन र हुदैन।नारिलाई याे समाजले कहिले मानवकाे दर्जा दिन्छ,दिदैन र दिने छैन जबसम्म तपाईं आफ्नो पीडा आफु
भित्र कुम्साएर कुम्लो बनाएर राखिन्छ तब सम्म याे पुरुष समाजले मानव दर्जा दिदैन जब पिडित आफै बाेल्न र बाहिर निकाल्न सकिदैन ।
हालैमात्र नेपाली समाजकाे जलन्त उदाहरणमा एसिड आक्रमणमा पर्नु भएकाे मुस्कान खातुनले आफ्नो बारेमा खुलेर बहसमा ल्याउनु भयाे र आज उहाँ संसारभर चिनिनु मात्रै नभइ पुरस्कृत पनि हुनुभएकाे छ।यसरी नै पिडित महिलाहरु खुलेर आउनु भयाे भने पिडकलाई प्राेत्सान नभइ पिडाबाेध गराउने छ ।अर्कोले यस्तो घटना घटाउने प्रयास गर्न कम हुन जान्छ। महिला हिंसाका घटना कम हुन जान्छन।
नारि दिवसलाई दिवसकै रुपमा नभइ श्रमजीवी नारिकाे सम्मानित हुने गरि मनाउन पाइयाेस ,१११औं अन्तर्राष्ट्रिय श्रमिक नारि दिवसले सकारात्मक दिशा तर्फ धकेल्ने छ भन्दै सम्पूर्ण श्रमजीवी महिलाहरुलाई सम्मान गर्दै सबैलाई शुभकामना!
-किरण पान्डे
पोखरा