गायक तथा नायक आरम्भ तामाङ संग डिबि तामाङले लिएको अन्तर्वार्ता जस्ताको तस्तै
- पिटि अनलाइन न्यूज
- ४ फाल्गुन, २०७५ १६:३३
- 1271 Views
डिबी तामाङ/दोहा कतार,
धादिङ, सेर्तुङ गा.पा. ०३ बुवा साङरोङ र आमा घारिमाया तामाङ को कोखबाट २०४९ सालमा गरिब परिवारमा जन्मिएको गायक तथा मोडेल आरम्भ तामाङ को बाल्यकालको अवस्था अति दयनीय थिए। एक्लो छोरो हुन्। दुई दिदी,र एक बहिनी गरेर चार सन्तान छन्। उनको स्कुले जिबनमा, गाई, भेडा गाइठ्गाइ गर्दै आफ्नै गाउँको स्कुल बाट ५ कक्षा उतिर्ण गरेर काठमाडौ बसेर निहरिका हाई स्कुल बाट SLC, मनसालु कलेज
बाट +2 त्येसैगरी आर आर क्याम्पस बाट ब्याचलोर पुरा गरेर जिबनमा कयौं संघर्ष यो कलाकारिकता क्षेत्रमा स्थापित भैइसकेका छन। सानै देखि गाई गोठाला
बाल्यकाल अवस्थामा गाई,भेंडा, गोठालो गर्दै स्कुले जिबनमा संघर्ष गरेरे आएका म्हेंदोमाया गायक तथा नायक आरम्भ तामाङ छुट्टै पहिचान बनाउंदै।
हरेक दुख पछाडी सुख लुकेको हुन्छ भन्ने कुरा सत्य रहेछ। प्रदेश ३, नुवाकोट जिल्ला, धादिङ सेर्तुङ – ०३ मा बुवा, साङरोङ तामाङ र आमा घारिमाया तामाङ तामाङ को कोखबाट २०४९ सालमा किसानी, गरिब परिवारमा जन्मिएको तामाङ म्हेंदोमाया गायक तथा नायक आरम्भ तामाङ को बाल्यकालको अवस्था अति दयनीय थिए। दुई दिदी, र एक बहिनी गरेर चार सन्तान मध्येका एक्लो छोरा हुन्। उनको स्कुले जिबनमा, गाई, भेडा गोठाको गर्दै आफ्नै गाउँको स्कुल बाट ५ कक्षा उतिर्ण गरेर जब काठमाडौंमा उच्च शिक्षा हासिल गर्नको लागि होम्मीयो निहरिका हाई स्कुल बाट SLC, मनसालु कलेज बाट +2 त्येसैगरी आर,आर क्याम्पस बाट ब्याचलोर पुरा गरेर जिबनमा कयौं संघर्ष गर्दै आज यो कलाकारिकता क्षेत्रमा स्थापित भैइसकेका छन।
सानै देखि गोठाला, जाँदा होस् , बनपाखा, मेलापात जहिले पनि एक्लै गुनगुनाउँदै हिड्थे, स्कुलमा र अन्य स्टेज कार्यक्रम हरुमा पनि गाउने गर्थे, जब ब्याचलोर सकेर बैदेशिक रोजगारमा बिदेश जान तर्खर भए त्यसै क्रममा देबदुत बनेर उहाको सामु श्याम तमाङ प्रकट भयो उहाको सहयोगमा सन् २०११ मा “सररर साली च्याङ्बा मुस्ताङ् गाडिरी” भन्ने तामाङ गित को एल्बम निकाल्न सफल भए पश्चात् तेही गित बाट यो फिल्डमा प्रवेश गरेर करियर नै सुरुवात भएको विदेश जाने यम नै परिबर्तन गरेको पछिल्लो चरणमा छिमी मम्बाले पनि आफुलाई सहयोग गरेको र अब येही फिल्डमा निरन्तरता दिदै अब फिल्म बनाउने सोच बनाएको बताए ।
याङ्जी होई याङ्जी होई तामाङ भाषाको गित रिलिज हुँदैछ। यो समेत हाल सम्म करिब दर्जन भन्दा धेरै तामाङ गीत हरुमा स्वर, अभिनय र फिल्ममा पनि अभिनय गरेर आफ्नो छुट्टै छबी बनाउन सफल भएका छन् । अन्तमा तामाङ हरुको संस्कार, संस्कृति, तामाङ गित संगीत, भाषा, तामाङ चलचित्र तामाङ कलाकार लाई माया गरेर साथ दिन सबैलाई अनुरोध गरेको छ पिटी अनलाइन मार्फत।
गायक तथा नायक आरम्भ तामाङ संग डिबि तामाङले लिएको अन्तर्वार्ता जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।
(1) सर्बप्रथम तपाईंको परिचय ?
तामाङ म्हेंदोमाया गायक तथा नायक आरम्भ तामाङ मेरो घर धादिङ, जिल्ला गा. पा. सेर्तुङ – ०३ हाल काठमाडौंमा नेपालटारमा बस्छु।
(2) तपाईंको पारिवारिक पृष्ठभुमि बारेमा थोरै बताइ दिनुस न साथै परिवार बाट कतिको साथ पाउनु भयो? के भन्न चहानु हुन्छ उहाँ हरुलाई?
बुवा साङरोङ तामाङ र आमा घारि माया तामाङ कोखमा जन्म लिएको म एक्लो छोरा अनि दुई दिदी १ बहिनी गरेर चारजना हो। परिवारको अमुल्य माया, सपोर्ट र आशिर्वादले गर्दा नै आज म यो स्थानमा आइ पुगेको हु उहाँ प्रती सधैं सम्मान छ।
(3) अनि तपाईंको बाल्यकाल देखि स्कुले जीवनकाल र पारिवारिक अवस्था कस्तो थियो? औपचारिक शैक्षिक शिक्षा कुन स्कुल बाट हासिल गर्नु भयो?
सामान्य किसानीको छोरा हो मेरो बाल्यकाल १२/१३ बर्ष सम्म स्कुलबाट फर्केपछि नियमीत गाई गोठ र भेडा गोठालो गर्दै थोत्रो रेडियो, र लठ्ठी हातमा बोकेर गित सुन्दै एक्लै गुनगुनाउँथे।
पाँच कक्षा सम्म गाउको स्कुल बाट त्येसैगरी माछापोखरी निहरिका स्कुल बाट SLC काठमाडौ +2 नयाँ बजार मनसालु कलेज बाट ब्याचलर आर आर क्याम्पास बाट पुरा गरेको हो ।
(4) औपचारिक रुपमा कलाकारकिता क्षेत्रमा कहिले देखि र कसरी प्रवेश गर्नु भयो? कुन एल्बम बाट करियर बनाउन सुरु भयो?
म सानैदेखी कलाकार बन्ने रुचि अति थियो। मेलापात गोठालो तिर पनि जतिखेर पनि गुनगुनाउँथे । जब ब्याचलर सकेर वैदेशिक रोजगारीको लागि कोसिस गर्दै थिएँ तेहि क्रममा मेरो साथी श्याम तामाङ देबदुत बनेर प्रकट हुनु भयो। उहाँको सहायतामा सरर साली च्याङ्ग्बा मुस्ताङ गाडीरी भन्ने तामाङ गित सन 2011 मा पहिलो एल्बममा स्वर भर्ने अबसर मिल्यो। तेहि बाट यो फिल्डमा करियर सुरुवात भयो।
(5) पहिलो एल्बम कुन हो? दर्शक स्रोताहरुको अधिक माया र चर्चा पाएका गित वा नृत्य कुन हो ?
मेरो पहिलो एल्बम सररर साली च्याङ्ग्बा मुस्ताङ गाडीरी हो। येहि एल्बम बाट मेरो जिबनको यम नै परिबर्तन भयो।
(6) पछिल्लो चरणमा कुन गित रिलिज हुँदैछ? र अहिले सम्म कति वटा एल्बम मा स्वर सब्द भर्नु भयो? कति वटा गितमा अभिनय गर्नु भयो?
याङ्जी होई याङ्जी होई तामाङ भाषाको गित रिलिज हुँदैछ। करिब दर्जन भन्दा धेरै फिल्मको गितहरुमा गायन तथा अभिनय गरिसको छु।
(7) यो फिल्डमा लागेर तपाईले स्ट्र्गल गर्दै अहिले सफलता पनि हुँदैछन येसको पछाडि कुनै गुरु उहाको श्रेय मान्नु हुन्छ?
मैले माथी अघिनै भनिसके मेरो मेरो लागि भगवान् नै प्रेरणाको स्रोत नै श्याम तामाङ नै हुन। त्येसपछी छिमी मम्बा बाट धेरै सपोर्ट मिलेको छ।
(8) कलाकारिकता क्षेत्रमा लागेर के चिज गुमाए र के उपलब्धि गरे जस्तो लाग्छ ? साथै यो फिल्ड मा कतिको भबिस्य उज्ज्वल देखिन्छ?
यो क्षेत्रमा लागेपछी आमा, बुवा, परिवारको खुसी लुटेजस्तो लाग्छ किनकि यो फिल्डमा सोचेजस्तो कमाई हुन सकेको त्येसैले उहाँहरुलाई सुख दिन सकिन्। उपलब्धि दर्शक हरुको माया पाएको छु। आफ्नो कला, संस्कृति भाषा,लाई जगेर्ना गर्ने अबसर मिलेको छ।
येसरी नि नै दर्शकहरुको माया मिलेमा भबिस्य पनि राम्रै देखिन्छु।
(9) संगीत क्षेत्रमा भाबि योजना हरु के के छन? यस बाहेक अन्य कुनै व्यावसायिक जागिरे गर्नु हुन्छ कि?
लोप हुन लागेको तामाङ समुदायको गित, संगीत लाई संरक्षण र सम्बर्द्धन गर्दै लाने बिशेष अभियान, फिल्म बनाउने योजना छ। गित संगीत, अभिनय बाहेक अरु कुनै जागिर व्यावसायिक छैन। येहि फिल्ड्मा स्ट्रगल गर्दै दुईछाक टरेकै छ।
(10) आजकल के मा ब्यस्त हुनुहुन्छ? अन्तर्राष्ट्रिय साँस्कृतिक कार्यक्रम हरुमा कतिको अफर आउछन्? अहिलेसम्म कतिवटा देशमा जानू भयो?
आजकल स्वदेशमै स्टेज कार्यक्रम हरुमा गित, संगीत मै ब्यस्त छु भनौं। अफर आउने क्रममा छ पहिलो बिदेश यात्रा हालै समपन्न ने.ता.घे. प्रवास कार्य समिती कतार द्वारा आयोजित ल्होछार
(11) अन्तमा हाम्रो दर्शक स्रोता महानुभाब हरुलाई र पिटि अनलाइन न्युज लाई के भन्न चहानु हुन्छ?
मलाई चिन्ने, नचिन्ने बिश्वभर छरीएर रहनु हुने सम्पुर्ण दर्शक स्रोता, शुभचिन्तक तामाङ तथा गैह्र तामाङ नेपाली आमा, बुवा, दाजुभाइ, दिदिबहिनी हरु मेरो ल्हासो फ्याफुल्हा नमस्कार साथै तामाङ संस्कार, संस्कृति, तामाङ गित संगीत, भाषा, तामाङ चलचित्र तामाङ कलाकार लाई माया गरेर साथ दिन हुन बिशेष अनुरोध गर्दछु।
मलाई आफ्नो बारेमा दुई सब्द राख्न मौका दिनु भएको बिशेष धन्यवाद साथै सत्य, तथ्य, सूचना तथा समाचार सम्प्रेषण गर्नुको लागि PtOnline news लाई Like, Comment, Share अनि च्यानलाई Subscribe गर्न नभुल्नु होला।
ल्हासो फ्याफुल्हा ! ! थूजेछे/ धन्यवाद
तलको भिडियो पनि हेर्न नछुटाउनु होला