काठमाडौं।
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना काडिजसँग १– १ को बराबरीमा रोकिएको छ । खेलको अन्तिम समयमा सम्हालिन नसक्नदा बार्सिलोना अंक बाड्न बाध्य भएको हो । आईतबार राति बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा खेलको ३२ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै सुरुवाती अग्रता बनाएको थियो ।
निर्धारित समय सकिन १ मिनेट बाँकी रहँदा काडिजले पाएको पेनाल्टीको सदुपयोग गर्दै हारबाट जोगाएको थियो । काडिजका लागि एलेक्स फर्नान्डेजले गोल गरेका थिए ।बराबरीपछि तेस्रो स्थानको बार्सिलोनाको ४७ अंक पुगेको छ । एट्लेटिकोको ५५ र रियलको ५२ अंक छ । १४ औं स्थानको काडिजको २५ अंक छ । बार्सिलोनाले रियलभन्दा १ खेल कम खेलेको छ ।