रियाद
यहि मार्च ५ गते शुक्रबारका दिन महावाणिज्यदूतावास जेद्दा खुल्ला रहाने भएको छ । बिहान १० बजे देखि दिउसो २ बजे सम्म खुल्ला रहाने विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।
हरेक महिनाहरुमा राहदानी आवेदकको बढ्दो संख्या एवम् कतिपय कम्पनीहरुमा कार्यरत रहेका नेपालीहरुलाई कार्यालय खुल्ने दिनमा बिदा नमिल्दा राहदानी नवीकरण गर्न आउन असहज भईरहेको परिस्थितिलाई मध्यनजर गर्दै उक्त दिन खुल्ला गर्ने बताए ।
यस सम्बन्धमा थप जानकारीका लागि निम्न बमोजिमको नम्बरमा सम्पर्क गर्न सकिने छ।
००९६६-०५५९६८०२५३
Click Here For Location