एजेन्सी ।
म्यानमारको आन्दोलनमा सनिवार सेनाद्वारा चलाएको गोली बाट दुईको मृत्य भएको छ ।
म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा आन्दोलन चर्किँदै गर्दा दुई प्रदर्शनकारीको मृत्यु भएको छ।
म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले एएफपीसँगको कुराकानीमा सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् ।
आक्रोशित प्रदर्शनकारीहरूको भीडमाथि नियन्त्रणका लागि गोली चलाउनु परेको उक्त घटनामा दुई व्यक्तिको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन्,” मन्डलायास्थित स्वयम्सेवी आपतकालीन उद्धार टोलीका प्रमुख ह्लाइंग मिन ओओले भन्नुभयोे ।
घाइतेमध्ये अधिकांश व्यक्तिलाई प्रहरीले सिधै गोली हानेको प्रत्यक्षदर्शीहरूले बताए । मृतकमध्ये एक जना किशोर रहेको र उनको टाउकोमा गोली लागेको ओओले बताउनुभयो ।