दम्माम।
साउदीको पुर्वीक्षेत्र दम्मामको खोवार शहरमा नेपाली जनप्रगतिशिल मोर्चा साउदीले २६ औं जनयुद्ध दिवस मनाएको छ।
मोर्चा क्षेत्रीय अध्यक्ष प्रशुरामको अध्यक्षतामा भएको कार्यक्रममा मोर्चाका सल्लाहकार तिर्थ पाख्रीन प्रमुख अथितिमा रहेका थिए ।
उक्त कार्यक्रममा मोर्चाका केन्द्रिय सचीव बिपिन निरौलाले स्वागत मन्तव्य राख्ने क्रममा नेपालका एकीकृत जनक्रान्ति अपरिहार्य भएको उद्घोष गर्दै दलाल सत्ताको अन्त्य गर्न नै एकीकृत जनक्राति उदाउनु पर्ने बताउनु भयो।
राज्यले युबालाई केवल रेमिटान्सको स्रोतको नजरले मात्रै हारिरहेको बताउदै मोर्चा सल्लाहकार तथा प्रमुख अथिति पाख्रीनले दलाल राज्यसत्ताको अन्त्य र बैज्ञानिक समाजवादी ब्यबस्थाको लागि जुनै बेला पनि जस्तो सुकै मुल्य चुकाउन तयार रहेको बताउदै ,राज्यले पालिएका दलालहरुले प्रवासमा पनि मजदुर लाई झुटो आश्वासन दिएर ठग्न ब्यस्त देखिएकाले यसको निगरानी गर्नु पर्ने जरुरी देखीएको भन्दै यस्ता कार्यमा मोर्चाले हरदम लागि पर्ने पनि बताउनुभयो ।
कार्यक्रम बोल्ने सबै जसो बक्ताहरुले एकीकृत जनक्रान्तिले नै आजसम्म भएका हरेक आन्दोलनको एजेन्डा पुरा पर्ने बिश्वास राखेका थिए। मोर्चाका दमाम र जुबेलमा क्षेत्रीय समिति बिस्तार गर्दै कार्यक्रमको समापन गरिएको थियो । भने कार्यक्रम अत्यन्तै सरनिय तरिकाले तोया भट्ट( मिलन)ले संचालन गर्नु भएको थियो ।
मोर्चाको दम्माममा शंकर पौडेलको नेतृत्वमा क्षेत्रीय समिती र जुबेलमा प्रशुराम घर्तीको नेतृत्वमा क्षेत्रीय समिती बिस्तार गरेको छ।