नेपाल तामाङ समाज ओमानको तेस्रो अधिवेशनद्वारा अध्यक्षमा अनिता घिसिङ तामाङ चयन
पिटि अनलाइन न्यूज
- ८ फाल्गुन, २०७७ २२:२६
- 110 Views

ओमान।
नेपाल तामाङ समाज ओमान तेस्रो अधिवेशन बाट अनिता घिसिङ तामाङ सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकि छिन् ।
हिजो १९ फेब्रुअरी शुक्रबारका दिन बौद्ध मार्गी तामाङ समुदायको महान नेपाली राष्ट्रिय पर्व मञ्जुश्री संवत् २८५७ (लाङ/ म्हे-ल्हो) अर्थात (गाई वर्ष) सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ समाज ओमानद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम तथा तेस्रो अधिवेशन कार्यक्रम बाट अनिता घिसिङ तामाङको अध्यक्षतामा २३ जना नयाँ कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित पदाधिकारिहरू बरिष्ठ उपाध्यक्ष :- पासाङ मोक्तान तामाङ, उपाध्यक्ष :-रिना योञ्जन तामाङ, महासचिव :-राजु लामा पख्रिन तामाङ, सचिव :- चक्रमान मोक्तान तामाङ, कोषाध्यक्ष :- दावा सांगबु लामा योन्जन तामाङ, सह-कोषाध्यक्ष : – वि.पी. दोङ तामाङ, महिला संयोजक :- सिता पाख्रिन तामाङ, सांस्कृति बिभाग:- सिता थोकर तामाङ
कार्यसमिति सदस्यहरू:-
राम दोङ तामाङ, हरी कुमार थिङ तामाङ, उमेश घिसिङ तामाङ, एक्का घलान तामाङ, जीवन योञ्जन तामाङ, चमेली रूम्बा तामाङ,सुनिला पाख्रिन तामाङ,उर्मिला वाईबा तामाङ, स्हेना गोले तामाङ, माया बोम्जन तामाङ, संगिता दोङ तामाङ, डोल्मा स्याङ्बोतामाङ,कान्छी माया घिसिङ तामाङ, रिता मोक्तान तामाङ, संरक्षण :-निवर्तमान अध्यक्ष तेज बहादुर तामाङ,वरिष्ठ सल्लाहकार संयोजक :-फूर्वा रूम्बा तामाङ,सल्लाहकार :- विनोद बल तामाङ रहेका छ्न।
राष्ट्रिय जनगणना-२०७८ मा तामाङ जाती,तामाङ भाषा र बौद्ध धर्म लेखाऔं ।
कोभिड-१९ को महामारीमा सोनाम ल्होछार २८५७ घर-घरमा भव्य रुपले मनाऔं ।।
भन्ने मुल नारा का साथ आयोजना गरिएको ल्होछार बिशेष शुभकामना आदानप्रदान कार्यक्रम तथा तेस्रो अधिवेशन कार्यक्रम २०२१ का संयोजक सल्लाहकार फुर्बा रूम्बा तामाङले गरेका थिए भने अध्यक्ष तेजबहादुर तामाङको सभा अध्यक्षतामा तथा लामा गुरु दावा सांगबु, लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
लामो समय देखि ओमानमा कार्यरत रहेर बिभिन्न सामाजिक कार्यमा अग्रसर रहेकी नव निर्वाचित अध्यक्ष अनिता घिसिङ तामाङले तामाङ समुदायको मौलिक जातीय, धर्म,भाषा,भेषभुषा, कला, संस्कार र संस्कृतिको बिकास र उत्थानको लागि टेवा पुर्याउन आफ्नो कार्यसमिति क्रियाशील रहने साथै ओमानमा स्थापित बिभिन्न संघसंस्थाहरु संग भाइचाराको सम्बन्ध प्रगाढ पार्दै हातोमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाईन् ।