काठमाडौं।
नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रीमियर लिग ( आइपिएल) अक्सनमा अन्सोल्ड भएका छन् । उनले पछिल्लो तीन संस्करण दिल्लीबाट खेलेका थिए । दिल्लीले रिलिज गरेको थियो । उनले बेस प्राइस ४० लाख राखेका थिए । तर उनलाई कुनैपनि टिमले बोली लगाएनन् ।पछिल्लो तीन संस्करण नौ खेल खेली दिल्लीको लागि १३ विकेट लिएका थिए । पछिल्लो सिजनमा भने उनले कुनै खेल्ने मौका पाएका थिएनन।
सन २०१८ मा ३ खेलमा ५ विकेट र सन २०१९ मा ६ खेलमा ८ विकेट लिएका थिए ।ग्लोबल आइकन सन्दीपले विश्वको अधिकांश लिग खेलेका छन् । तर यो पटक भने उनी आइपिएलमा अनसोल्ड रहे । नेपालबाट यो पटक करण केसी, सोमपाल कामी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी र अविनाश बोहराले नाम दर्ता गराएका थिए । जसमा सन्दीपको नाम मात्र सर्ट लिस्टमा परेको थियो ।