कंचनपुर।
मुलुकमा महिलामाथिको हिंसाको घटना बढ्दा र कुनै छोरी चेली बलात्कारको हुँदा आम नेपालीले पहिला लिने नाम बनेको छ– निर्मला पन्त ।दुई बर्ष वित्यो कञ्चनपुरकी यि किशोरीको परिवारले न न्याय पाउन सक्यो नत निर्मलाको आत्माले पनि शान्ति पाउन सक्यो । त्यसमाथि बैतडीकी भागरथी भट्टमाथि पनि उही नियति दोहोरिने हो कि भन्ने शंका उब्जेको छ निर्मलाको आमा दुर्गादेवी पन्तमाथि पनि ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणको २ वर्ष बितिसक्दा पनि अझै टुगों लाग्न सकेको छैन ।
निर्मला प्रकरणको टुगों नलाग्दै बैतडीमा गत बुधबार विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी १७ बर्षीया भागरथी भट्ट बिहीबार साँझ सामुदायिक वनमा मृत अवस्थाका फेला परिन ।हत्या गरेर फालेको अवस्थामा फेला परेकी बैतडीकी भागरथीको अपराधि ५ दिन बितिसक्दा समेत पत्ता लाग्न सकेको छैन । निर्मला प्रकरणको २ वर्ष बितिसक्दा समेत हत्यारा पत्ता नलागे पछि भागरथी हत्याकाण्ड पनि निर्मला प्रकरण जस्तै नहोस भन्छिन्, निर्मलाकी आमा दुर्गा देवीपन्त ।
अब निर्मला छोरीको हत्यारा पत्ता लाग्छ भन्ने आश नरहेको र आफुले एउटा छोरी गुमाउनुको पीर हुँदाहुँदै बैतडीमा एउटी अर्की आमाले पनि निर्मला जस्तै छोरी गुमाएको देख्दा आफ्नै छोरीको सम्झना आएको निर्मलाकी आमाले बताइन ।
एउटी छोरी गुमाएको पीडा आमाले त भोग्नु परेको नै छ तर छोरीको हत्यारा पत्ता नलाग्दा झन पीडाले पिरोली राख्ने हुँदा छिट्टै नै भागरथीको हत्यारा पत्ता लगाइ दिन दुर्गादेवी पन्तको आग्रह पनि छ ।
यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले निर्मला प्रकरण कञ्चनपुर प्रहरीकोे प्राथमिकतामा परेको घटना रहेको र तथ्य प्रमाण जुटाउनमा प्रहरी गम्भीर रुपमा अनुसन्धान गरी राखेको बताए ।उनले केहि शंकास्पद व्यक्तिहरु आफ्नो निगरानी रहेको र उनीहरु घटनास्थलमा भएको पृष्टि हुने आधारहरु खोजी भइरहेको जानकारी पनि दिए ।भागरथीको घटना पनि निर्मलाको नियतिमा नपुगोस् भन्दै आवाज उठन थालेपछि कञ्चनपुर प्रहरीमाथि दबाब बढेको महसुस पनि गरिएको छ ।