काठमाडौं ।
सर्वोच्च अदालतले पूर्व अख्तियार प्रमुख दीप बस्न्यातलाई थुनामा पठाउनेसम्बन्धी विशेष अदालतको आदेशको कैफियत प्रतिवेदन मागेको छ।
बालुवाटारस्थित ललिता निवास जग्गा प्रकणमा अख्तियारले अभियोग लगाएर मुद्दा चलाएका बस्न्यातलाई विशेष अदालतले थुनामा पठाउने आदेश गरेको थियो।
विशेषको आदेशपछि उनी अहिले डिल्लीबजार कारागारमा थुनामा छन्। सोमबार न्याायाधीश हरि फुँयालको एकल इजलासले बस्न्यातको निवेदनमाथि सुनुवाई गर्दै कैफियत प्रतिवेदन माग गरेको हो।तत्कालीन भौतिक योजना मन्त्रालयको सचिवको हैसियतमा बस्न्यातविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो।विशेष अदालतको आदेशविरुद्ध ७३ नम्बरको थुनुवा निवेदन लिएर माघ ३ गते सर्वोच्च अदालत पुगेका थिए।