माघे सन्क्रान्ति तेस्रो मगर संघ सांस्कृतिक महोत्सव भब्यताका साथ सम्पन्न
आदर्श गुभाजु (अन्जान)
- ३ माघ, २०७७ ००:११
- 200 Views

कमल बिरही
परासी।
बर्दघाटमा माघे सन्क्रान्ति तेस्रो मगर संघ सांस्कृतिक महोत्सव भब्यताका साथ सम्पन्न भएको छ।
बर्दघाट नगरपालिका वडा न १४ धर्मबस्तीमा आयोजित माघे सङक्रान्ति तेस्रो महोत्सव भब्य रुपमा सम्पन्न भएको (I.T.F) टेक्वान्डो प्रदेश नं.५ को अध्यक्ष र समाजसेवी राष्ट्रिय मगर संघका सदस्य र आयोजक समितीको भुपु अध्यक्ष श्री रितमान कामुले जनाएको छ। माघे सङक्रान्ति तेस्रो सास्कृतिक महोत्सव मुल आयोजक समितिको अध्यक्ष भुवन सिङ लामिछानेको अध्यक्षता तथा मगर संघ नवलपरासीका अध्यक्ष डिबि थापाको प्रमुख अतिथित्यमा कार्यक्रम उदघाटन भएको थियो।
आफू मगर संघ नवलपरासीको अध्यक्ष रुपमा रहेकाले संविधानले संशोधन गरेका सबै जातजाती र समुदायका पहिचान र सबै समुदायका विशेषता र अधिकारहरुलाई अहिलेको सरकार स-सम्मान कार्यान्वयन तर्फ अधि बढ्नु पर्नेमा जोड दिनु भयो।सबै समुदायको पहिचान,आपसी सद्भाव कायम गर्नका निम्नि राज्य गम्भिर भएर लाग्नु पर्ने सबै जनसमुदायको सदैव साथमा रहने बताउनु भयो।
फरक मूल्य र मान्यता बोकि आयोजना हुने यस्ता मेला महोत्सवले सांस्कृतिक पहिचान सहितको समाज रुपान्तरणमा अहम भुमिका खेल्ने धारणा ब्यक्त गर्नु भएको छ।
हरेक वर्षको माघे संक्रान्ति को अवसरमा लाग्ने ३ दिने महोत्सव यो वर्ष कोरोनालाई ध्यानाकर्षण गर्दै सुरक्षा अपनाएर १ दिन मात्रै रहेको रास्ट्रीय मगर संघका प्रदेश नं.५ का सभापति प्रेम कामुले बताउनुभएको छ।एक दिने कार्यक्रम भएता पनि निकै भब्य रूपमा सफल भएको साथै कार्यक्रममा साविक दाउन्ने देबि नेपाली काँङग्रेस बर्दघाट न.पा.नगर सह संयोजक दामोदर जि सी लगायतका विभिन्न राजनितिक दलका प्रतिनिधी मगर समुदायका अगुवाहरु,विभिन्न संघसस्थाका प्रतिनिधीहरु शुभकामना मन्तब्य र स्थानियहरुको उल्लेखनीय सहभागीता रहेको थियो।
कार्यक्रमको निर्देशक सन्तु गाहा र प्रेम कामु ले गर्नुभएको थियो भने कार्यक्रम सन्चालन सरस्वती राना ले गर्नुभएको थियो भने सास्कृतिक कार्यक्रम सन्चालन प्रेम कामुले गर्नुभएको थियो।संयोजक लोकदोहोरी गायक तथा मोडल भरत कामु ले गर्नुभएको थियो।सास्कृतिक महोत्सवका मुख्य आकर्षक गायक नन्दु परियार र लोकदोहोरी गायिका बर्षा थापाको बेजोड प्रस्तुति र मोडल तथा डान्सर रेनुका थापाको प्रस्तुति रहेको थियो साथमा स्थानीय कलाकारको बेजोड प्रस्तुति साथमा मगर झ्याउरे नृत्य प्रतियोगिता भलिबल प्रतियोगिता डोरी तान्ने खेल,छेलो हान्ने खेल जस्ता रोचक तथा कार्यक्रम निकै रमाइलो भएको प्रदेश ५ का अध्यक्ष प्रेम कामुले बताउनु भएको छ।
कार्यक्रमको समापन मुल आयोजक समितिका अध्यक्ष भुवन सिङ लामिछानेले गर्नु हुँदै तेस्रो माघेसङक्राती १दिन को मात्रै भएता पनि निकै रमाइलो भयो।आगामी चौथो माघे सङक्रान्ति महोत्सव ३दिनको हुने जानकारी दिनुभएको छ। नवलपरासी डोरी तान संघ को अधिबेशनमा सम्पन्न भएको डोरी तान को जिल्ला अध्यक्ष श्री रितमान कामुको अध्यक्षतामा लुम्बिनी प्रदेशका डोरी तान अध्यक्ष श्री नवराज खरेलको प्रमुख अतिथित्यतामा केन्द्रिय सदस्य मिनराज बेल्बासे को उपस्तिथिमा डोरी तान संघमा निर्बिरोध अध्यक्ष पदमा प्रेम कामु,उपाध्यक्ष नर बहादुर थापा,सचिब कृष्ण बहादुर कामु, कोषाध्यक्ष मा भुम बहादुर बिक राजु नियुक्ति हुनुभएको छ।
नेपाल डोरीतान संघ नवलपरासी को प्रथम जिल्ला अधिवेशन आज नवलपरासीको बर्दघाटमा सम्पन्न भयको छ।
मनोरञ्जनात्मक डोरि तान प्रतियोगितामा महिला/पुरुष गरि करिब १० टिमको सहभागितामा विजेता प्रथम हुने टिमले रु,५ हजार, दोस्रो हुने टिमले रु,३ हजार पुरस्कार प्राप्त गरेको समितीका अध्यक्ष रितमान कामुले बताउनुभएको छ।नेपाल डोरितान संघका केन्द्रिय सदस्य मिनराज बेलबासे,लुम्बिनी प्रदेश अध्यक्ष नवराज खरेल,तदर्थ समितिका अध्यक्ष रितामान कामु मगरको अतिथित्यतामा सम्पन्न अधिबेशनबाट जिल्ला अध्यक्ष पदमा निर्वाचित हुनु भयकोमा समाजसेवी युवा नेता प्रेम कामु मगर सहितको टिमलाई बधाई दिनुभएको छ।