रामचन्द्र तिम्सिना
नुवाकोट ।
“आयो टप्प टिपि लग्यो टारेर टर्दैन त्यो” भने जस्तै नुवाकोटकाको म्यागङ सामरीका गहना समाजसेवीका पार्वती डंगोल “मिठु दिदि” को बिहिवार बेलुका निधन भएकी छिन् ।
लामो समय मधुमेह रोगबाट ग्रसित मिठु दिदिको ६७ बर्षको उमेरमा सामरीस्थित घरमा निधन भएको पारिवारिक स्रोतले पिटि अनलाईन न्युजलाई बताए। आज नै उहाँको पार्थिव शरीरलाई नुवाकोट र धादिङको सिमा स्थित भर्र्याङभुरुङ घाटमा अन्तेष्ठी गरिएको छ। उहाँको पार्थिब शरीरमा म्यागङ गाउँपालिका प्रमुख आशा तामाङ ,वडा नम्बर ६ का अध्यक्ष आतम तामाङ लगायत स्थानीय समाजसेवीहरुले फुलमाला र खादा ओडाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए।

समाजसेवी मनका धनी सामरीको अमुल्य गहना ,अग्रणी महिला ,जाल्पा देवि बोर्डिङ स्कुलका संस्थापक सेयर धनी, महिला स्वंम सेविका रहेकी थिईन उनी।
समाजसेवामा संधै अग्रसर उहाँको योगदान शब्दमा ब्यक्त गर्न नसकिने यो एउटा अपुरणीय क्षति भएको सामरी युवा क्लबका अध्यक्ष श्री निरन्जन खड्का भावुक हुदै बताए ।क्लबका सन्तोश खड्का, न्युटन खड्का, मैसिङ तमाङ, बासुदेव खड्का, सुरेन बज्राचार्य लगायत युवाहरुले मिठु दिदिको निधनमा शोक ब्यक्त गरेका छन् ।
उहाँले जस्तै सामजिक कार्यमा आगामी युवा पुस्ताले पनि सामरीमा योगदान दिन सकोस हार्दिक श्रद्धाञ्जली मिठु दिदि !