विप्लव समूहद्वारा माग १० गते नेपाल बन्द सहित संघर्षका कार्यक्रमहरुको मिति घोषणा
पिटि अनलाइन न्यूज
- २ माघ, २०७७ १२:१४
- 110 Views

काठमाडौँ।
नेपाल सरकारद्वारा प्रतिबन्धित पार्टी विप्लव समूह द्वारा माघ १० गते नेपाल बन्द गर्ने घोषणा गरेका छन् ।
बिहिबार विज्ञप्ति जारी गर्दै कमरेड कञ्चन र व्युरो सदस्य कमरेड विवेक र कमरेड विशाललाई पनि पुलिसले गिरफ्तार गरिएकोमा बिना शर्त रिहाइको माग गर्दै गिरफ्तारीविरुद्ध सङ्घर्षका कार्यक्रमहरू २०७७ माघ ३ गते : देशव्यापी विरोध जुलुस २०७७ माघ ५ गते देशव्यापी विरोध सभा २०७७ माघ ७ गते देशव्यापी विरोध प्रदर्शन २०७७ माघ ९ गते देशव्यापी मशाल जुलुस २०७७ माघ १० गते नेपाल बन्द गर्ने घोषणा गरेका छन् ।
जनताको अधिकारको हनन , भ्रष्टाचार , दलाली , कमिसनखोरी , तस्करी , राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता – कार्यकर्तालाई खोजी – खोजी गिरफ्तार गर्नु , हिरासतमा निर्मम यातना दिनु , जेल हाल्नु , लाखौ धरौटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाएको भन्दै विज्ञप्ति मार्फत कडा विरोध एवम् घोर भर्त्सना गरेका थिए।
साथै उक्त प्रक्रिया निरङ्कुश , तानाशाही एवम् फासिस्ट प्रवृत्ति भएको भन्दै गिरफ्तारीमा परेका नेता कार्यकर्तालाई मुक्त गर्न साथै एकीकृत जनक्रान्तिलाई राजनीतिक विषयका रूपमा आत्मसात गर्न आग्रह गरेका थिए ।
उक्त विज्ञप्तिको पूर्णपाठ
२०७७ माघ १० गते : नेपाल बन्द वक्तव्यको पूर्णपाठ …. समारका अमिक र जापीडित जनता एक होगी । मावोवाद – लेनिनवाद – माओवाद – जिन्दावाद । नेपाल कम्युनिस्ट पार्टी Communist Party of Nepal पत्र माया Serial No. सलामी में / RepdNet केन्द्रीय समिति Central Ammittee कमरेड कञ्चनलगायत कमरेडहरूको गिरफ्तारीविरुद्ध प्रेस वक्तव्य २०७७ साल पुस २ ९ गते दिउँसो ३ बजे हाम्रो पार्टीका केन्द्रीय समिति सचिवालयका कमरेड कञ्चनलाई सामाजिक दलाल पुँजीवादी केपी वली सरकारले पार्टी काममा खटिरहेको बेला ललितपुरबाट गिरफ्तार गरेको छ । उहाँसंगै व्युरो सदस्य कमरेड विवेक र कमरेड विशाललाई पनि पुलिसले गिरफ्तार गरेको छ । सर्वप्रथमत . हामी कमरेड कञ्चनलगायत कमरेडहरूको गिरफ्तारीको कडा विरोध एवम् घोर भर्त्सना गर्दछौं । जनताको अधिकारको हनन , भ्रष्टाचार , दलाली , कमिसनखोरी , तस्करी , राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता – कार्यकर्तालाई खोजी – खोजी गिरफ्तार गर्नु , हिरासतमा निर्मम यातना दिन , जेल हाल्नु , लाखौ धरौटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो । यो निरङ्कुश , तानाशाही एवम् फासिस्ट प्रवृत्ति हो । यसखालको दमनका विरुद्ध आवाज उठाउन सबै राजनीतिक पार्टी , बुद्धिजीवी र आमनागरिकहरूलाई हामी विशेष अपिल गर्दछौं । साथै हाम्रो पार्टीपङ्क्ति र श्रमिक जनतालाई गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न निर्देशन गर्दछौं । हामी केपी सरकार र राज्यलाई क्रान्तिकारी पार्टी , नेता – कार्यकर्तामाथिको दमन बन्द गर्न , गिरफ्तारीमा परेका नेता कार्यकर्तालाई मुक्त गर्न साथै एकीकृत जनक्रान्तिलाई राजनीतिक विषयका रूपमा आत्मसात गर्न आग्रह गछौं । राज्यको फासिस्ट दमनले न्यायपूर्ण सङ्घर्ष कहिल्यै नरोकिने , बरु त्यसले एकपछि अर्को उचाइ पकड्दै गएर एक दिन दमनकारी राज्य र यसका सञ्चालक नै समाप्त हुने सत्य स्पष्ट गर्दछौं । केपी सरकारले बेलैमा यसलाई बुझोस् भन्ने हाम्रो चेतावनी छ । गिरफ्तारीविरुद्ध सङ्घर्षका कार्यक्रमहरू २०७७ माघ ३ गते : देशव्यापी विरोध जुलुस २०७७ माघ ५ गते : देशव्यापी विरोध सभा २०७७ माघ ७ गते : देशव्यापी विरोध प्रदर्शन २०७७ माघ ९ गते : देशव्यापी मशाल जुलुस २०७७ माघ १० गते : नेपाल बन्द Ay विप्लव महासचिव मिति : १ माघ , २०७४