काठमाडौं
भारतीय जी न्युज च्यानलका पत्रकार सुधीर चौधरीले सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी ओलीको अन्तर्वार्ता प्रसारित गरेर चर्चामा आएका चौधरीले जी न्यूजको ‘डीएनए’ कार्यक्रममा सगरमाथामाथि भारतीय दाबी प्रस्तुत गरेका हुन् ।कार्यक्रममा उनले विश्वसामु सगरमाथामा आफ्नो दावी भारतले ‘ठोक्नु’ पर्ने बताएका छन् ।
मंगलबार बेलुका जी न्यूजले सगरमाथामा भारतीय आफ्नो दाबी प्रस्तुत गर्नु पर्ने सामग्री प्रसारण गरेको हो ।आधारशिविरसम्म पुगेका उनले सगरमाथाको पहिलो पटक उचाइ नाप्ने व्यक्ति भारतका राधानाथ सिकदर भएकाले उनैको नामबाट यसको नामाकरण हुनुपर्ने बताएका थिए ।