पुर्व जनमुक्ति सेनाद्वारा कमान्डर लाई लेखे यस्तो भावुक पत्र,कस्को आँखामा आँसु नझर्ला
पिटि अनलाइन न्यूज
- २८ पुष, २०७७ २२:२४
- 57 Views

काठमाडौँ
नेपालको राजनीतिक घटनाक्रमले यतिबेला देश तातिरहेको बेला पुर्व जनमुक्ती सेनाका सहयोद्वाहरुले आफ्ना कमान्डर हरुको गतिविधिमा ध्यान केन्द्रीकृत गर्दै कुन कमान्डर कस्तो? कुन कमान्डर अवसरवादी ? कुन कमान्डर पुजीवादी चिन्तनको ? भन्ने सवालमा आफ्ना कमान्डर हरुलाई खबरदारी गर्दै आफ्ना बिचारहरु पुर्व जनमुक्ती सेनाहरुले सामाजिक संजाल मार्फत सार्बजनिक गर्दैछन।
पुर्व जनमुक्ती सेनाहरु रगत सङ्ग पौडिएर नाफाको बाँचेको जीवन निर्वाह गर्दैछन भने पुर्व जनमुक्ती सेनाका कमान्डर हरु पद र पुजिबाद तर्फबाट हातखुट्टा सार्दै अबसर चुम्दैछन। घाइते हरुको जिवनको मुल्यांकन छैन? सहिदहरुको सपनाको वास्ता छैन?वेपत्ता हरुको खोजिनिती छैन?घाइते अपाङ्ग हरुको बलिदानको मुल्यांकन छैन ?पद र पुजिबादको लागि व्यक्तिगत स्वार्थ केन्द्रीकृत पुर्व कमान्डर हरुको दिनचर्या देख्दा वास्तविक गणतन्त्र प्राप्तिको लागि बलिदान दिनेहरु भने आफ्नो गुजारा चलाउने कठिन छ।दयनीय छ।तर नेताहरु हिजोको सिद्धान्त लाई लत्ताकपडा सम्झेर फेरि रहेका छन।
यसै सन्दर्भमा दाङका पुर्वजनमुक्ती सेनाका एक योद्धाले डिभिजन कमान्डर विविधलाई यस्तो नगर्न आग्रह गर्दै सामाजिक संञ्जाल मार्फत अनौठो पत्र लेखेका छन।
बिबिधलाई मेराे सानाे चिठ्ठी
आदरणीय तत्कालिन ५औं डिभिजन कमाण्डर समथिङ आचार्य (बिबिध)
अभिवादन ।
नेपालकाे अग्रगामी परिबर्तन र राज्यकाे पुन:संरचना ,गणतन्त्र,धर्मनिरपेक्ष,समाबेसी र समानुपातिक लगायत पछाडी परेका बर्ग,जातजाति सबै तहका नेपालीकाे परिबर्तनमा माओबादी जनयुद्धको भुमीका महत्वपुर्ण मात्रै हाेईन एक युग समाप्ति अर्काे युगकाे शुरूवात नै हाे भन्ने कुरा कसैले स्वीकारे पनि नस्विकारे पनि आज प्रमाणीत भएर छाड्याे तर राज्यमा बस्ने शासकहरूले याे नेपाली भुमीमा १७००० मान्छेकाे रगतले सिन्चिएकाे सगरमाथा र गाैतमबुद्वकाे याे पबित्र भुमीमा याे रगतकाे अबमुल्यन भईरहेकाे छ । नेपालका शासकहरू सधै use and throw मात्रै बनाईरहेका छन । नेपालका राजनीतिक दलहरू सत्तामा जाने भर्याङ्गका रुपमा भुमीका खेले । ३५ हजार जनमुक्ति सेनाहरूलाई कथित माईनर बनाईयाे । कयाैलाई अबकास दियाे ती अपमानजनकरुपमा समायाेजनकाे नाममा DDR गरियाे जनमुक्ति सेनाले भनेकाे SSRथियाे याे कुरामा तत्कालीन कमाण्डरका हैसियतले प्रचण्ड लगाएत सबै केन्द्रीय समिती नै मुख्य जिम्मेवारी थिए तर बिशेषत ७ वटै डिभिजन कमाण्डरहरूकाे भुमिका पनि उत्तीकै छ ।
आज ती जनमुक्ति सेनाहरू अबकास र माईनरहरूकाे अबश्था ज्यादै दैनिय छ । घाईते अपांगहरू दिन रात पिडाले छट्पटी रहेका छन । शरीर भरि गाेली र बमका छर्राहरूले कयाै याेद्वाहरू क्यान्सर सग संघर्ष गरिरहनु भएकाे छ भने कयाै याेद्वाहरू शरिरका अंगहरू गुमाएर बेसाहारा त केही साथीहरू खाडीका ५०डिग्रीकाे ताताे बाफमा काम गरेर आफ्नो बुबा आमा , र परिवार पाल्न बाध्य छ । जसकाे शरिरमा युद्वकाे आहत शरीर लिएर प्रणकाे भिख माग्दै छन याे कुरा कसले बुझ्नु पर्ने हाे ती पात्रहरूले बुझ्न नितान्त आवस्यक छ । आज देशभरी आ आफ्नो क्षेत्रमा रहेका जनमुक्ति सेनाहरूकाे माेलमाेलाई भईरहेकाे छ । सुन्दा भक्कानीएर रुन मन लाग्याे । देशमा माओवादी युद्वकाे जगमा निर्माण भएकाे संबिधान सभाबाट निर्मीत संबिधानलाई ध्वस्त पार्ने र हाम्रा सबै उपलब्धिलाई आगो लगाउने कामकाे शुरुवात हुनु आफैमा आत्मा घाति हाे । याे प्रतिगमनलाई सहयाेग गर्ने काममा सबै भन्दा खाटी क्रान्तिकारी क बादल लगाएत नेताहरूले सहयाेग गरीरहनु भएकाे छ त्यस बिषयमा जनमुक्ति सेना गम्मीर र आपत्तीजनक छ।
आदरणीय कमरेड,
गृहमन्त्री क बादल मार्फत तपाईले प्रधानमन्त्री के पी शर्मा ओली संग भेटेर जनमुक्ति सेना संग संवादमा केही माग राख्नु भयाे भन्ने विभिन्न अनलाईन र केही पुर्ब जनमुक्ति सेनाका कमाण्डरहरूकाे स्टाटसमा पढन र हेर्न पाईयाे । यस बिषयमा तपाईं कति बिश्वस्त हुनु भयाे याे तपाईकाे कुरा हाे तर मैले तपाईलाई याे प्रश्न गर्न मन लाग्याे नेपाल ककम्युनिष्ट पार्टीकाे सचिबालय देखि केन्द्रीय समतिकाे कुनै एउटा कुरा नमान्ने प्रधानमन्त्री ले तपाईकाे मागकाे बिषयमा सहमत हाेलान याे केबल थाङनामा सुताउने मात्रै खेल हाे अझ तपाईंलाई राज्यले मष्ट वेनस्डेमा राखेकाे छ । जब जब नेताहरूलाई संकट पैदा हुन्छ जनमुक्ति सेनाका क्याडरहरूलाई सम्झन्छन उदेक लाग्छ यी नेतारूलाई सत्ताका लागि जे पनि गरिहाल्ने प्रबृती नाैलाे त हाेईन परन्तु हामी कहाँ अहिले ज्वलन्त बनिरहेकाे छ ।
अन्तमा:
तपाईं एक नया साेच र बैचारिक क्षमताबान जनमुक्ति सेनाकाे कमाण्डरका हैसियतले तपाईं किन अहिले पनि भुमीगत रुपमा हिड्न बाध्य हुनुहुन्छ याे कारण र कारक जब सम्म तपाईं बुझ्नु हुदैन सडयन्त्रकाे भब्य महलमा तपाईलाई स्वागत हुदैछ यात जेल यात हत्या अबश्य गर्ने छन त्यसकारण सबै प्रकारका तानाबाना बाट सचेत बन्दै गाैरबपुर्ण ईतिहासलाई अाफ्नाे काधमा राख्नु हुनेछ भन्ने आसा सहित बिदा हुन्छु । धन्यबाद ।
सुरेश के सी प्रताप
जनमुक्ति सेना नेपाल पाचाेै डिभिजन