रियाद,
राहदानी आवेदन संकलनका लागि नेपाली दुतावास द्वारा जुवेलमा अस्थायी कार्यालय राख्ने भएको छ । जुबेल स्थित एभरेष्ट नेपाली रेष्टुरेन्टमा बिहान ९ बजे देखि यहि आउदो शुक्रबार १५ तारिखका दिन संचालन गर्ने भएको छ । अअनलाईन फाराम भरेका र नेपाली दुतावास रियादका अफिसियल फेसबुक पेज बाट नाम सार्बजानिक भएका व्यक्तिहरुले समयमा नै उपस्थित हुन दुतावास द्वारा अनुरोध गरिएको छ ।
लिष्टमा नाम भएका व्यक्तिहरुको राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) काम गर्नु पर्ने छ । राहदानी आवेदनका लागि आउँदा सक्कल राहदानी,राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं. ३१ को फोटो कपि एक/एक प्रति,नागरिकताको फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी) ल्याउनु पर्नेछ भने राहदानी दस्तुर साउदी रियाल- २००। र हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भएमा साउदी रियाल-४००।- लाग्ने छ ।
उपस्थित को लागि तलको रेस्टुरेन्ट लाई क्लिक गर्नुहोस ।
एभरेष्ट नेपाली रेष्टुरेन्ट,


