लण्डन ।
कोरोना भाईरस-कोभिड १९ को संक्रमणबाट बेलायतमा बेलायतमा पूर्व गोर्खाका एक अभियन्ताको नि’धन भएको छ ।
अल्डरसटमा बस्दै आएका ७५ वर्षीय रणबहादुर लिम्बूको शुक्रबार उपचारका क्रममा स्थानीय फर्मली पार्क अस्पतालमा नि’धन भएको हो । कोभिड संक्रमण भएर अस्पताल भर्ना भएको ९ दिनपछि उनको निधन भएको गेसोले जनाएको छ ।
गेसोले दिएको जानकारी अनुसार लिम्बुको उपचारको क्रममा ८ जनवरी २०२१ का दिन वेलायत स्थित फ्रिम्लीपार्क अस्पतालमा दुखद नि’धन भएको हो । अल्डरसट क्षेत्रीय समितिका सल्लाहकारसमेत रहेका लिम्बूको निधनको खबरले सम्पुर्ण गेसो परिवार मर्माहत भएको बताएको छ ।
घरमा सबैजनालाई ज्वरो आएपछि डिसेम्बर २४ मा टेस्ट गराउँदा उनको पति पत्नी र माइला छोरालाई पोजिटिभ देखिएको लिम्बूको श्रीमतीले जानकारी दिएकी छन् । उनलाई श्वासप्रश्वासमा गाह्रो हुन थालेपछि डिसेम्बर ३१ का दिन एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो । अस्पतालमै उपचारका क्रममा लिम्बूको ९ दिनपछि निधन भएको हो ।
परिवारले दिएको जानकारी लिम्बू पहिलेदेखि नै मधुमेहका बिरामी थिए । गतवर्ष मात्रै उनको एउटा खुट्टाको अप्रेसन गरी काटिएको थियो । स्वर्गीय लिम्बूका श्रीमती र तीन छोरा छन् । दुई छोरा बेलायती सेनामै कार्यरत छन् भने कान्छा छोरा बाबुआमासंगै छन् ।
ताप्लेजुङको सिकैचा पुख्र्यौली भएका लिम्बूको परिवार पछि दमकमा सरेको थियो ।सामाजिक कार्यहरुमा रुची राख्ने उनी गोर्खा आन्दोलनमा निकै सक्रिय थिए ।