नुवाकोट
सिनियर अनमी बुद्देस्वरी खड्काले आफ्नो ४९औं जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेकी छिन् ।
नुवाकोट विदुर-१३ स्थित सिर्जना आधारभूत विद्यालयको ८ कोठे पक्की भवन समुद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उक्त विद्यालयको सम्पुर्ण विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेकी छिन् ।
आफ्नो जन्मदिन विद्यार्थी भाई बहिनिहरुलाई सहयोग गर्न पाउदा खुशी लागेको खड्काले बताईन र सकारात्मक हुन सम्पूर्णमा अनुरोध गरिन । स्वास्थ्यकर्मी साथ साथै सामाजिक सेवामा तल्लीन खड्का कल्याणपुर स्वास्थ्य चौकीमा कार्यरत छिन् ।
पुस २६गते विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितद्वारा समुद्घाटन तथा भवन हस्तान्तरण भएको उक्त विद्यालय जिल्ला आयोजना कार्यन्वन इकाई (शिक्षा ) को आर्थिक सहयोगमा निर्माण भएको विद्यालय प्रअ खोक कुमारी खड्काले बताईन।
आफ्नो जन्मदिनमा पुन्यको काम गरी स साना भाई बहिनीलाई न्यानो माया दिनु हुने खड्कालाई पिटि अनलाईन परिवार जन्मदिनको हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।