प्रधानमन्त्री केपी ओलीलाई खुल्ला चुनौती पत्र,पुर्व जनमुक्ति सेना-सुरेन्द्र प्रसाद रेग्मि
पिटि अनलाइन न्यूज
- २६ पुष, २०७७ २२:४८
- 1479 Views

जनयुद्ध र जनमुक्ति सेनाको जग र बलिदानबाट प्राप्त संघीय गणतन्त्र नेपाललाई खेलौना नसम्झ नपुंसकलिङहरु कयौं साथी सहादत प्राप्त गरे,कयौं घाइते हुनुभयो,कयौं राज्यद्वारा विपत्ता पारिए,कयौंपटक बाँचेका हरु पनि मृत्युको मुखबाट जिवित छौ,कसैले पद,कुर्सी ,प्रधानमन्त्रीको लागि जनयुद्ध लाई अपमान गर्न खोजे यस्को हिसाब किताब राम्रै हुने भन्दै एक पुर्वजनमुक्ती सेनाले प्रधानमन्त्री लाई खुल्ला चुनौतीपूर्ण पत्र लेखिएको छ ।
आफ्नो सामाजिक संञ्जाल फेस्बुक मार्फत आफ्नो धारणा राख्दै खड्का प्रसाद ओलि लाई बयल गाडा चढेर लिएको गणतन्त्र होइन गणतन्त्र सयौं साहसिक योद्धा हरुको बलिदानबाट सृजना भएको गणतन्त्रका प्रधानमन्त्रीले जनयुद्ध लाई फर्सि कुहिएको भन्न त्यो भन्दा अरु निर्लज र अनगर्ल अरु केही हुनसक्तैन भन्दै चुनौती दिएका छन् ।
जिवन साटेर लिएको गणतन्त्र हो,उखान तुक्का र आफ्नै नेतालाई त्रिशुली नदिमा फालेर गणतन्त्र आएको होइन। खबरदार केपि ओलि भन्दै यसरी लेखेका छन आफ्ना बिचार ।
प्रिय कमरेड बारम्बार म लेख्न बिबस छु जनमुक्ति सेनाको यदि कसैलाइ माया थियो भने सारिको भाउमा लिलाम बिक्री गरिन्दैन्थ्यो जो गरियो यसमा प्रचण्ड मात्र होइन सिङ्गो पुर्व मावोवादी नेतृत्वले जिम्मेवार लिनु पर्छ किनकी तत्कालीन पार्टी कमिटी बाट् पारित भएको थियो। राज्य ब्यवस्था परिवर्तनको निमित्त आफ्नो जिबनको आहुती दिने महान नेपाली जनताका छोराछोरी एउटा झोला भिरेर ब्यारेक बाट प्रमाणपत्र सुद्द नबोकी अयोग्य र साडिको मूल्य लिदै रुदै रुदै सहयोद्दा सग बिदा भएर घर फिर्ता पठाउदा कुनै नेतृत्वको वाक्य फुटेन। किनकी उनिहरुलाइ सत्तारोहणको हतारो थियो। जनमुक्ति सेना मात्र माध्यम भर्र्याङ् बन्यो। अहिले पनि कसैलाइ सत्तामा पुग्न जनसेना आवस्यक पर्यो भने कसैलाइ सत्तामा टिकिरहन।
जब सम्म जनताका छोराछोरी लडेर ल्याएको ब्यवस्था माथी जो कोहिले गद्दार गर्छ सचेत जनसेनाका सदस्य हरु स्वतस्फूर्त रुपमा सडकमा आउने छन। सहिदको कोटा चुक्ता गर्दै महासमरको यात्रामा कयौं घाइते अपाङ्ग बेपत्ता र सहिद परिवारलाई अपहेलित बनाउदै महान जनयुद्ध लाई केपि वलिले कुहिएको फर्सी नामाकरण गर्नु स्वयं उनिलाइ आफ्नै मुखमा सु गरे सरह हो।किनकी आज उनि तेहि ब्यवस्थाका कुर्सिमा आसिन छन।हिजोको लपसारबादी ब्यवस्थामा सबैको हैसियत भनी राख्नु पर्दैन।जब मानिसले मानसिक सन्तुलन गुमाएपछिका शब्द हरुमा खासै हामी अल्मलाउनु पनि हुदैन।जसको कुनै तुक छैन।
अब रहयो साथिहरु जसले महान जनयुद्ध लाई कुहिएको फर्सी नामाकरण गर्दागर्दै साथ दिनु भएको छ पक्कै एकदिन कठ्घरामा उभिनु पर्ने समय आउँछ।यदि ब्यवस्था नै धराप पार्ने खेल हो भने।नत्र आज पनि पुर्व जनमुक्ती सेना माथी भरयाङ लगाउन दुबै पछ्यले कोसिस नगरौ। यो एउटा महान संघसंगठन बिरुद्द हिलो नछापौ।इतिहासमा सबै नेतृत्व को अभिनय पर्दा जत्तिकै भोगेको हो।
अन्तमा फेरि पनि खबरदारी गर्दछु कि महान जनसेनालाइ सिद्राबजारको सिद्राको अस्तित्व जत्तिको सम्झेर मोलमोलाइ गर्न कसैले नसोचौ। बरु सम्मानार्थ गर्दै बिगतका गल्तिहरु लाई पो सच्याउने कि?
note: सत्य र बास्तबिकताको लागि म कलम कदापी कसैको झोले बनेर रोक्ने छुइन।महान जनयुद्द्ले मलाइ यहि शिक्षा सिकायो।
लेखक सुरेन्द्र प्रसाद रेग्मी पुर्वजनमुक्ती सेना नेपाल सामाजिक संञ्जाल फेस्बुक मार्फत साभार।