नुवाकोट ।
नुवाकोटको विदुर नगरपालिकाले भोलि पृथ्वी जयन्ती तथा रााष्ट्रिय एकीकरण दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
भोलि पुस २७ गते २ सय ९९ औ पृथ्वी जयन्ती तथा रााष्ट्रिय एकीकरण दिवसको अवसर पारेर नगरपालिकाले विदा दिएको हो ।नगरपालिकाको पाँचौ नगरसभाको निर्याण र नगरपालिकाको बैठकको निर्णय अनुसार विदा दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिवाकर चापागाईले जनाएको छ।
भोलि नगरपालिका अन्तर्गत रहेका सबै विद्यालय,सहकारी , सरकारी कार्यालयहरु बन्द हुनेछन् । 