दाङ
प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता फाइनल खेल आज हुँदैछ । दाङको लमहीमा हुने फाइनल खेलमा उपाधिका लागि विभागीय टोली एपिएफ र प्रदेश एक भिड्दै छन् ।एपिएफ र प्रदेश एक अपराजित रहँदै फाइनलमा पुगेका हुन् ।
समूह चरण र सेमिफाइनलमा सहज जित निकालेका यी दुई टोलीबीच फाइनलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।दुबै टोलीमा राष्ट्रिय क्रिकेट टिमका खेलाडीको बर्चस्व छ । सेमिफाइनलमा एपिएफले सुदूरपश्चिमलाई नौ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।