गगन थापामाथि बम प्रहार, उपचार हुँदै
पिटि अनलाइन न्यूज
- १८ पुष, २०७४ १५:४६
- 1584 Views
नेपाली कांग्रेसका युवा नेता गगन थापामाथि बम आक्रमण भएको छ । सोमबार चुनावी प्रचार अभियानमा हिँडेका थापालाई बुढानिलकण्ठ नगरपालिका भंगालमा आक्रमण भएको हो ।
आक्रमणमा थापा सहित चार अन्य सहयोगीहरु घाइते भएका छन् ।
घाइतेहरुको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ ।शिक्षण अस्पतालका अाकस्मिक विभाग प्रमुख प्रा. डा. प्रतापनारायण प्रसादले जानकारी दिए अनुसार थापाको पिठ्युमा सामान्य चोट लागेको र एक्सरेलगायतका परीक्षण गरिएको बताए ।
थापाले आफू मुस्लिकले बचेको बताए । उनले भने, ‘घरदैलो ढिलो सुरु भएकाले जुलुसलाई अघि बढाउन छिट्टो हिडेको बेला परेर म बचेँ । साथीहरु पर्नुभयो ।’
थापाका सहयोगी प्रताप पौडेलका अनुसार गम्भीर घाइते दुई जनामा एक जना श्याम कृष्ण श्रेष्ठ रहेका छन् भने अर्कोको पहिचान खुलेको छैन् ।
तपाईको प्रतिक्रिया