काठमाडौं,
प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएका छन्।
उनले समाजिक सञ्जाल मार्फत् दुवैलाई बधाई दिएका हुन्।‘‘चुनावमा प्रभावशाली र ऐतिहासिक सफलताका साथ राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई हार्दिक बधाई,’’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘‘म हाम्रा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन नयाँ अमेरिकी नेतृत्त्वसँग नजिकबाट काम गर्ने आशा गर्दछु।’’
वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति बनेका छन्। त्यसैगरी, ह्यारिस अमेरिकाको पहिलो महिला राष्ट्रपति बनेकी छिन्।