बेलायतमा सिनामे मोडल मण्डल थेवे द्वारा अभिनय गरेको गीत “बिहानीको झुल्के घाम” यूटुवमा सार्वजनिक !
आदर्श गुभाजु (अन्जान)
- १७ कार्तिक, २०७७ १२:००
- 254 Views

राजेश प्रसाईं ` सिनामे´
सुदूर पूर्वी पहाडी जिल्ला ताप्लेजुङ्ग जिल्लाको श्रीजङ्घा गाउपालीका 1 सिनाममा (सिनाम -८ मादीबुङ्गमा) जन्म लिनु भएका मण्डल थेवेद्धारा अभिनय गरेको “बिहानीको झुल्के घाम” गित यूटुवमा सार्वजनिक गरेका छन् ।
नेपालको ग्रामीण बस्तीहरूमा जन्मिए–हुर्किएका धेरै युवा युवतिहरू अहिले पनि विभिन्न देशहरूमा प्रवासीन बाध्य बने कै छन अहिले पनि विभिन्न देशमा शान्ति सुरक्षा कायम गर्न र गरिविलाई निस्तेज पार्न डटिरहेका छन्। थोरै युवा यस्ता पनि छन्, जो धेरै टाढा देश छोडेर पराई देशमा कर्म थलो बनाई सुरक्षा गरेर भए पनि आफ्नो जन्मभूमि र माटोका लागि अाफ्ना कलाहरू राष्ट्रकोलागि अाफूले सिकेका र जानेका सीप प्रदशन गरेर देशको ढाँचा बदल्नु पर्छ लगानी र सीप जन्म भूमिमै पसिना बगाएर सम्बृद्धि राष्ट्र बनाउनु पर्छ भनेर अाफ्नो राष्ट्रको साङ्गीतिक चिनारीलाई प्रदशन गर्न लागि परेका छन् थेवे।
सुदूरपूर्वी पडाही जिल्ला ताप्लेजुङको सिनाम–८ मादिबुङ्गमा जन्मिएका मण्डल थेवे पनि यस्तै एक युवा हुन्, जो बेलायती सैनिकमा कार्यरत रहेर पनि आफ्नो गाउँघर र देशमा बिकास संझि अनवरत विकासकालागि केही गर्नु पर्छ भनी खटिरकेका छन् ।
बाल्यावस्था देखि नै तिष्ण बुद्धि अनि मिलनसार ब्यक्तित्वोका धनि थेवे निकै कष्टदायिक रूपमा पठन पाठन गरे सानै उमेर देखि नै हुने बिरूवाको चिल्लो पात नहुने बिरूवाको खस्रो पात भन्ने उक्ति झै स्कुले जीवन देखि नै अात्मियता,लगनसिलता र एक असल मिलन सार छात्रका रूपमा परिचित थिएँ। आफ्नो अध्ययन कै सिलसिलामा बेलायती सैनिकमा भर्ना भई निष्ठाका साथ गरीब गुरूवाहरूलाई अन्तर अात्माले ईच्छाए अनुसार सहयोग समेत पुर्याउन पछि नपर्ने थेवे अाज पछिल्ला दिनहरूमा अभिनय समेत गरेर सांङ्गितिक क्षेत्रमा निक्कै लोक प्रिय बन्दै अाएका छन्।
बाल्य अवस्था देखि नै अभिनय गर्न अौधि रूचाउने थेवे पछिल्ला दिनहरूमा प्रवासमै रहेर पनि केही म्यूजिक भिडियोमा बेलायतमा अभिनय गरेर छायाङ्कन गरेको यूटुव च्यानलहरूमा देख्न र सुन्न पाइन्छ ।
प्रतिभाशाली चर्चित मोड़ेल सृजना निङलेखु र उदियमान मोडेल मंडल थेबे द्धारा अभिनय गरिएको गीतमा बेलायतमा नेपाली म्युजिक भिंडियो रेकडिङ्ग गरेर छुट्टै आफ़्नै पहिचान बनाऊन सफ़ल “सुल्तान फ़िल्म प्रोड़क्सन प्रा.लि” का प्रोप्राईटर सुल्तान ईड़ीङगो , निर्माता राम शोभा राई संग चर्चित गीत “बिहानीको झुल्के घाम” को शुभ मुहुर्त – शनिवार १० अक्टोबर सन २०२० मा यूटुव च्यानल मार्फत सार्वजनिक गरेका छन् भने उक्त गायनमा संगीत भरेका छन् । संगीतकार : डी.आर. अटुले भने सुमधुर स्वर दिएका छन स्वरूपराज आचार्य र दिपा लामा राईले एरेन्जमा रहेका छन् राजू कार्क़ीले सो रेकर्ड़ीस्ट हुनु हुन्छ सुरेश राई वहाँहरूको संयुक्त समुहले अाज यूटुव च्यानल मार्फत स्रोताहरूको मन जित्त सफल भएका छन् भने गीतका रचनाकार भरत लोहरुङ राइ हुन् ।
भिडियो हेर्न तलको लिंकमा खोल्नहोस् ।