धनगढी,
कैलालीको घोडाघोडी नगरपालिकाको भवन उद्घाटनका क्रममा मेयर ममताप्रसाद चौधरी र उपमेयर प्रेमकुमारी थापाको विवाद छताछुल्ल भएको छ । मेयर चौधरीले वडा नम्बर ७ को भवन उदघाटन गरिरहँदा उपमयेर थापा भने शिलालेखमा ढुंगा हान्न थिन् ।
शिलालेखमा मेयर र वडा पदाधिकारीको मात्र नाम लेखेर आफ्नो नाम छुटाएको भन्दै उपमेयरले शिलालेखमा ढुंगा हानेकी हुन् । उनले मेयरविरुद्ध नाराबाजी गरिन् ।
मेयरले रोक्न खोजे तर, विवाद झन चर्कियो । ‘उपमेयरलाई अपमान गर्ने मुदार्बाद’ ‘घोडाघोडी मेयर मुर्दावाद’ ‘महिला भनेर अपमान गर्ने मुर्दावाद’ उनले नारा लगाइन् ।
शिलालेख परिवर्तन गरेर आफ्नो नाम समावेश नगर्दासम्म वडा कार्यालय उद्घाटन गर्न नदिने उनले बताइन् ।