खराब मौसमले विमानको खोजी प्रभावित
- पिटि अनलाइन न्यूज
- १८ पुष, २०७४ १५:४५
- 549 Views
केही दिनयता देखापरेको पश्चिमी वायु पुनः सक्रिय हुने हुँदा हिमाली भेगमा हिमपातको सम्भावना बढेको छ ।
पश्चिमी वायु क्रमशः आइरहेकाले हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । ‘पश्चिमी वायुको सामान्य प्रभावले नै मंगलबार पश्चिमका एक÷दुई स्थान र मध्यका केही स्थानमा बाक्लो कुहिरो लागेको छ, यसको प्रभाव अझै बढ्ने देखिएको छ’, उनले भनिन् ।
मंगलबार काठमाण्डु उपत्यकासहित देशका मध्य र पश्चिमी भेगमा बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम प्रतिकूलकै कारण तराईका केही विमानस्थलबाट काठमाडौँबाट उडान भर्न नसकेको बताइएको छ ।
काठमाडुको न्यूनतम तापक्रम पाँच र अधिकतम तापक्रम १९ डिग्रिसेल्सियस रहेको छ । न्यूनतम तापक्रम स्थिर रहे पनि उपत्यकासहितका क्षेत्रमा चिसो बढेको छ । पुसको पहिलो साता काठमाडौँको न्यूनतम तापक्रम घटेर दुई डिग्रिसेल्सियससम्म पुगेको थियो ।