काठमाडौं,
तारकेश्वर गाउँपालिकामा नेकपाबाट निर्बाचित वडा नं. ५ का वडा अध्यक्ष चुडामणी प्रसाद गजुरेलले भुकम्प पीडितले पाउने राहतमा किर्ते गरि रकम लिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । उजुरी परेपछि यो विषयमा प्रारम्भीक अनुसन्धान थालिएको जिल्ला प्रशासन कार्यालय, नुवाकोटका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) झंकनाथ ढकालले जानकारी दिए ।
उनले भने, ‘जिल्ला प्रशासन कार्यालयमा वडा नं. ५ का अध्यक्ष विरुद्ध उजुरी परेको छ । सत्यतथ्य के हो भनेर हामीले प्रारम्भीक अनुसन्धान थालेका छौ ।’ त्यस्तै उक्त घटनाको निष्कर्षमा चाँडै नै पुग्ने प्रजिअ ढकालले पिटी अनलाइन न्यूजलाई जानकारी दिए ।
उजुरीमा के छ ?
उजुरीमा वडा अध्यक्ष गजुरेलले घरनै नबनाइ अर्कै लाभग्राहीको डीपीसी गरेको घरको तस्विर राखि रकम निकासा गराएको उल्लेख छ । उनले पेश गरेको तस्विर भएको घरको तस्विर राखि मन्सुरी तामाङले दोस्रो किस्ता रकम लिइसकेकी छन् । नयाँ इन्जिनियर आएको मौका छोपि अध्यक्षले पुन सोहि घरमा बसेर फोटो खिचाइ घरै नबनाइ दोस्रो किस्ता रकम समेत लिएको उजुरीपत्रमा उल्लेख छ ।
यस्तो छ उजुरी
