गायक बन्ने सपनाले पिरोलिएको मन
पिटि अनलाइन न्यूज
- २३ आश्विन, २०७७ १८:५०
- 597 Views

फुल बहादुर तामाङ(दोहा,कतार)
नुवाकोटको सुन्दर गाउँ तार्केश्वर दाङ्सिङमा जन्मनु भएका गायक एम.आर.सि(मरिचमान) र गायक सुरेन्द्र मम्बा तामाङ साइनोले ज्वाइँ जेठान हुन्। सानै देखि गीत सङ्गितमा रुचि रख्ने दुबै जनाको बाल्यकाल घाँसदाउरा,मेलापात र गोठालोमा आफ्नै मातृभाषाको गीत साइकोले र म्हेन्दोमाया गाउदै हुर्के। सङ्गीत प्रतिको झुकावले गर्दा विस्तारै लोकदोहोरी र अन्य विधाका गीतहरुमा समेत रुचि बढ्दै गए। तामाङ भाषामा “जहाँ टोङ त्यहाँ चोङ”भन्नुको मतलव जुन ठाउँमा बाजाको धुन(टोङ) बजेको सुनिन्थ्यो त्यहाँ कान ठाडो(चोङ) पारेर पुगिहाल्थ्यो। कुराकानीको थप प्रसङ्गमा उहाहरु भन्नू हुन्छ,मेरो शरीरको हरेर अंग-अंग र नशा-नशामा सङ्गीत बगेको छ। सङ्गितलाइ व्याबसायिक रुपमा अंगाल्न नसके पनि आफ्नो रुचि पूरा गर्न र संस्कृतिको संरक्षण गर्न निरन्तर लागिरहने छु।
गायक बन्ने प्रेरणा कहाँ बाट पाउनु भयो भन्ने मेरो प्रश्नको जवाफमा दुबै जनाको एउटै उत्तर यस्तो छ-गाउँका बुवाआमा,दज्युभाइ र दिदीबहिनीहरुले गाउनु भएको ती मिठो र सुरिलो भाकाहरु र पाखा पखेरो अनि छागा झरना बाट निस्केको गुन्जयमान आवाजहरु सुन्दा सुन्दै मेरो मन मस्तिष्कमा सङ्गितको तरङ्ग पैदा भइ यसै बाट गायक बन्ने प्रेरणा मिल्यो। दुबै जना गायक बन्ने सपना बोकेर भौतारिने क्रममा आर्थिक अभावले गर्दा ती सुन्दर सपनालाइ मन भित्रै थाती राखी सात समुन्द्र पारी उजाड मरुभूमिमा भविस्य खोज्न मलेसिया,कतार र अफगानिस्तानमा धेरै समय बिताए। जहाँ इच्छा त्यहाँ उपाय भने झै मन भित्र गुम्सिएको त्यो गायक बन्ने सपनालाइ साकार पार्न एम.आर.सि. तामाङ्ले बिदेशको बसाइलाइ बिट मार्दै नेपाल फर्के लगत्तै दाङ्सिङ ल्हारी,स्याउ स्याउ म्हाने,ताम्सालिङ र कालिपोखरी लगायत धेरै म्हेन्दोमाया गीतहरु गाउनु भयो।
तामाङ सेलो,म्हेन्दोमाया र नेपाली गीतहरु कालिपोखरी,तामसालिङ,सिमसिमपानी,हुइया गाडी,बोत्तलको पानी र नौडाडा पारी जस्ता दर्जनौ सृजनाहरुमा आफैले स्वर,शब्द,सङ्गीत,अभिनय र निर्देशन समेत गर्नु भएकाे छ। स्मरण रहोस् राजु खड्का द्वारा निर्देशित नेपाली चलचित्र “मैना चरी”मा समेत नायकको भुमिका निभाइ सक्नु भएको छ। यसरी समग्रमा भन्नू पर्दा गायक बन्ने सपना बोकेको एम.आर.सि.को परिचय गायकमा मात्र सिमीत नरही रचनाकार,सङ्गितकार,मोडल र निर्देशक हुँदै नायक भएर बहु प्रतिभाशाली कलाकारको पंक्तिमा आफुलाई उभ्याउन संघर्षरत हुनुहुन्छ।
उता गायक सुरेन्द्र मम्बाले पनि म्हेन्दोमाया गीत “बुट्टे रुमाल” लोक पप “चोली छोटोले” र पन्चें बाजा गीतमा आफ्नो सुमधुर स्वर भरेर आफुलाइ गायकको रुपमा परिचित गराइ सकेका छन। पछिल्लो समयमा निस्केको पन्चें बाजाको अडियो बजारमा आइसकेका छन् भने भिडियो अब चाडै आउन लागेको हुँदा सुनेर हेरेर प्रतिक्रिया दिनुहुन सम्पुर्ण स्रोता दर्शकहरुमा गायक सुरेन्द्र तामाङले अनुरोध गरेको छ । गायक एम.आर.सि. तामाङको पनि म्हेन्दोमाया र विभिन्न नेपाली गीतहरु छिट्टै बजारमा आउन लागेकोले आम दर्शक स्रोताहरुको मीठो माया पाउने अपेक्षा राखेको बताउनु भयो ।
फुल बहादुर मम्बाको पन्चे बाजा र मीठो गीत हेर्नको लागि तलको लिंकमा जानु होला ।