कुवेत – राजाको निधन भएको शोकमा कुवेतमा मंगलवार देखी ४० दिने शोक अवधिको घोषणा,सरकारी कार्यालयहरु ३ दिन बन्द हुने भएको छ।
कुवेतका राजा सेख सबाह अल अहमद अल जविर अल सबाहको निधन भएको शोकमा कुवेत सरकारले ४० दिने शोक अवधिको घोषणा गरेको छ।
उनको मंगलवार ९१ वर्षको उमेरमा निधन भएको हो । राजाको निधन भएको शोकमा भोली सेप्टेम्बर ३० देखी ३ दिनसम्म सरकारी कार्यालयहरु बन्द हुने जनाएको छ ।