@पिटि अनलाइन न्युज
कमल विरही,कुवेत
कुवेतमा पछिल्लो २४ घण्टामा नयाँ ६८७ जना कोरोना संक्रमित थपिए संगै संक्रमितको संख्या बढेर ७२ हजार ४ सय जना पुगेको छ। त्यसैगरी ४ जनाको मृत्यु, र ५०९ जना निको भएर फर्केका छन।
कोरोना संक्रमण हुनेहरु ७२ हजार ४ सय जना मध्ये ७ हजार ८ सय ९० जना संक्रमितहरुको उपचार भैरहेको छ भने ११७ जनाको अवस्था गम्भीर (आईसीयु ) मा राखिएको छ। थप ५०९ जना सहित ६४ हजार २८ जना अस्पताल बाट निको भएर डिस्चार्ज भएको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हालसम्मको तथ्यांकमा कुवेतमा मृत्यु हुनेको संख्या ४८२ पुगेको जनाएको छ।
सोमबार विभिन्न ठाउँ गरी ३ हजार ४ सय ५० जनालाई चेक गरिएकोछ। जसमा फर्वानीया १४७ जना, जाहारा १६८ जना,क्यापिटल ८७ जना, अहमादी १६८ जना, हवाली ११७ जना गरी ६८७ जनालाई कोरोना पोजेटिभ देखिएको छ। बाँकी सबैको नेगेटिभ देखिएको छ। अहिले सम्म ५ लाख ३५ हजार ८ सय ३ जनालाई कोरोना जाँच गरिएको छ।